पाकिस्तानले मनायो ८४औँ गणतन्त्र दिवस « Khabarhub

पाकिस्तानले मनायो ८४औँ गणतन्त्र दिवस


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद – पाकिस्तानले शनिबार ८४औँ पाकिस्तान दिवस मनाएको छ । यसलाई पाकिस्तान सङ्कल्प दिवस वा गणतन्त्र दिवस पनि भनिन्छ ।

स्वतन्त्र राज्य स्थापनाका लागि सङ्घर्षको प्रमुख कोसेढुङ्गामध्येको एक सन् १९४० मार्च २३ मा पारित लाहोर सङ्कल्पको सम्झनामा हरेक वर्ष यो दिवस मनाइन्छ ।

पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले मुलुकका पूर्वजहरूको सङ्घर्ष, दृष्टिकोण र दृढ सङ्कल्पप्रति श्रद्धाञ्जलि अर्पण गर्दै भने, “आउनुहोस् हामी हाम्रो यात्रालाई प्रतिविम्बित गरौँ, आफ्ना उपलब्धिहरूप्रति खुशियाली मनाऔँ र एउटा समृद्ध तथा एकताबद्ध पाकिस्तानका लागि हाम्रो प्रतिबद्धता पुष्टि गरौँ ।”

एक छुट्टै सन्देशमा प्रधानमन्त्री शाहबाज शरिफले मुलुकबासीसँग ‘पाकिस्तानलाई शान्ति, प्रगति र स्थिरताको केन्द्र बनाउन हाम्रा संस्थापक पिताहरूको पाइला पछ्याउनका लागि दृढ सङ्कल्पलाई नवीकरण गर्न’आग्रह गरे ।एक आधिकारिक विज्ञप्तिमा राष्ट्रपति जर्दारीले पाकिस्तान दिवसका साथै आगामी ईद–उल–फितर पर्वका अवसरमा कैदीहरूलाई ९० दिनको छुट दिएको बताइएको छ ।

राजधानी इस्लामाबादमा ३१ तोपको सलामी र प्रान्तीय राजधानीहरूमा २१ तोपको सलामीका साथ दिवसको सुरुआत भएको थियो । इस्लामाबादको शकरपारियन परेड एभेन्युमा एउटा सैन्य परेडसमेत आयोजना गरियो । उक्त अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सशस्त्र बलहरूका प्रमुख र साउदी रक्षामन्त्री प्रिन्स खालिद बिन सलमान बिन अब्दुलअजिज अल साउदको सहभागिता थियो ।

दिवसका अवसरमा मुलुकभर सबै आधिकारिक भवनहरूमा राष्ट्रिय झन्डा फहराइएको छ भने मानिसहरूले पाकिस्तानको निर्माणमा लाहोर प्रस्तावको महत्त्वलाई उजागर गर्न र्याली र गोष्ठी आयोजना गरेका थिए ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ८ : १७ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील