थकाली समुदायमा ‘तोरनल्ह’ पर्व सुरु « Khabarhub

थकाली समुदायमा ‘तोरनल्ह’ पर्व सुरु


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक जनजाति थकाली समुदायमा आजदेखि तोरनल्ह (फागु पूर्णिमा) पर्व सुरु भएको छ ।

नेपालका विभिन्न क्षेत्रमा करिब १० हजारको सङ्ख्यामा बसोबास गर्ने थकाली समुदायले हरेक वर्ष फागु पूर्णिमाका अवसरमा परम्परागत तोरन ल्ह पर्व मनाउने गर्दछन् । फागु पूर्णिमाको अघिल्लो दिन सुरु हुने तोरनल्ह तीन दिनसम्म मनाउने चलन रहेको थकाली समुदायकी अगुवासमेत रहेका गण्डकी प्रदेशसभा सदस्य विमला गौचनले जानकारी दिए।

“तीन दिन सबैरे उठेर चोखो निष्ठ भएर पितृलाई सम्झिएर पूजाआजा गर्ने र फूलप्रसाद चढाउनुपर्छ”, उनले भने, “आफन्तलाई बोलाएर मिठा–मिठा परिकार खुवाउने र आर्चरी (तारो हान्ने) खेल्ने चलन छ ।” मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ थकाली समुदायको उद्गमस्थल मानिन्छ ।

घरपझोङ र थासाङ गाउँपालिकामा थकाली समुदायको बाहुल्य बसोबास छ । म्याग्दीको दाना, भुरुङ तातोपानी, बेनी, दरवाङलगायत बजार क्षेत्रमा थकाली समुदायको बसोबास छ । तोरनल्ह मनाउन घरबाहिर र विदेशमा रहेका थकालीहरू आफ्नो जन्मथलो फर्किएका छन् । तोरनल्हमा थकाली समुदायले घर सिङ्गारपटार गरेका छन् ।

तोरन ल्हपर्वका अवसरमा थकाली समुदायका पुरुषहरू परम्परागत तारो हान्ने खेल खेलेर रमाइलो गर्दछन् भने महिलाहरू मौलिक वेशभूषामा सजिएर नाचगान गर्दै शुभकामना साटासाटा गरेर तोरनल्ह मनाउँछन् ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  १० : २९ बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको