बदाम बेचेर नमुना उद्यमी बनेकी ७२ वर्षीय शिवमाया | Khabarhub Khabarhub

बदाम बेचेर नमुना उद्यमी बनेकी ७२ वर्षीय शिवमाया


११ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

भोजपुर– बहत्तर वर्षको उमेरमा गाउँघरका हटियामा पुग्नु भोजपुरकी शिवमाया कार्कीको दैनिकीजस्तो बनेको छ । घरमा आराम गरेर बस्नुपर्ने उमेरमा उनी हाटबजारमा बदाम बेच्न पुगेकी छन् ।

बदामको व्यापार गरेर महिनामा रु १५ देखि २० हजारसम्म आम्दानी गर्दै आएको उनी बताउँछिन् । पैँतालीस वर्षअघिदेखि बदामको व्यापार थालेकी उनी अहिले पनि बदाम उत्पादन हुने ठाउँमा उत्तिकै उत्साहका साथ व्यापार गर्न जान्छिन् ।

‘आफूले सकेको काम गर्नुपर्छ’, वृद्धा कार्कीले भनिन्, ‘धेरै वर्षअघिदेखि गरिरहेको काम भएकाले अहिले पनि त्यसलाई निरन्तरता दिँदा रमाइलो लाग्छ । गाउँ गाउँमा पुगेर बदाम खरिद गरी ल्याएर यहाँका हाटमा बेच्छु । बदाम बिक्रीबाट महिनामा रु १५ देखि २० हजारसम्म आम्दानी हुन्छ ।’

जिल्लाको बदाम उत्पादन हुने अरुण गाउँपालिकाको जरायोटार, सिमटार, पाल्पालेलगायत ठाउँमा पुगेर खरिद गर्ने उनले बताइन् ।

किसानले उत्पादन गरेको बदाम प्रतिपाथी रु तीन सयमा खरिद गर्दै आएको उनले बताइन् । आफूले खरिदपश्चात् भुटेर प्रतिकेजी रु तीन सय ५० मा बिक्री गर्ने उनले जानकारी दिइन् ।

‘बदाम बिक्रीबाट आफ्नो दैनिक खर्च जुटाउँदै आएकी छु, दुई–चार पैसा नातिनातिनालाई दिन पनि हुन्छ’, उनले भनिन् । किसानबाट एक वर्षमा रु चार लाखसम्मको बदाम खरिद गर्ने उनले बताइन् । भोजपुरको शनिबारे हटिया, पौवादुङमा गाउँपालिका च्याङ्ग्रेको बुधबारे हटिया, चम्पे हटियालगायत स्थानमा पुगेर उनले बदाम बेच्दै आएकी छन् ।

 वृद्धावस्थामा व्यापार गर्न समस्या हुने भए पनि यसलाई छोड्न मन नलाग्ने भन्दै उनले हातखुट्टा चलुञ्जेलसम्म काम गरेर नै खाने दृढता व्यक्त गरिन् । विगतमा धेरै स्थानीय स्तर उत्पादन भएको बदाम पाउने गरेको भए पनि पछिल्लो समयमा यसको खेती घट्दै गएको उनको अनुभव छ ।

‘विगतमा भोजपुरमा प्रशस्त मात्रामा बदाम उत्पादन हुन्थ्यो’, उनले भनिन्, ‘अहिले गाउँघरमा कमैले मात्र खेती गरेको पाइन्छ । स्थानीय सरकारले बदाम खेती प्रवर्द्धन गर्नुपर्छ ।’ गाउँका अधिकांशले बदाम खेती छाड्दै गएका भए पनि आफूले वार्षिक ४० देखि ४५ मुरीसम्म बदाम उत्पादन गर्दै आएको अरुण गाउँपालिका–६ का ६८ वर्षीय किसान अम्बरबहादुर राईले बताए ।

पछिल्लो समय बदामको स्थानीय रैथाने बीउ मासिँदै गएको उनले बताए । ‘बदाम खेती व्यावसायिक बन्न सकेको छैन’, उनले भने, ‘व्यावसायिक बन्न नसक्दा पछिल्लो समय खेती घट्दै गएको छ । म एक वर्षमा ४५ मुरीसम्म बदाम फलाउँछु । सडक विस्तारका कारण विगतजस्तो बजारीकरणको समस्या छैन तर धेरै किसानले यसको खेती छाड्दै गएकाले उत्पादन घटेको छ ।’ बगर क्षेत्रमा बदाम खेती उपयुक्त भएको उल्लेख गर्दै किसान राईले भने ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  १२ : ५९ बजे

पाटन कलेज फर प्रोफेसनल स्टडीजबाट १३७ विद्यार्थी दीक्षित

काठमाडौ- बेलायतको युनिभर्सिटी अफ बेडफोरसायर विश्वविद्यालयको सम्बन्धन प्राप्त पाटन कलेज

नागरिकता ऐन २०६३ को संशोधन विधेयकलाई आवश्यक सुधार गर्न सकिन्छ : विमला घिमिरे

काठमाडौं– राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नागरिकता ऐन २०६३ को

बन्दिपुर केबलको आईपीओ आउने

काठमाडौं– बन्दिपुर केबल कार एण्ड टुरिजम लिमिटेडले सर्वसाधारणको लागि साधारण

हर्कको श्रमदान अभियानमा गएकी किशोरीमाथि यौन दुर्व्यवहार, एकजना समातिए

काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले चलाएको श्रमदान अभियानका क्रममा

नेपाल इन्स्योरेन्सको हकप्रद निष्कासन हुने 

काठमाडौं– नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको