लखनउविरुद्ध राजस्थान २० रनले विजयी | Khabarhub Khabarhub

लखनउविरुद्ध राजस्थान २० रनले विजयी


११ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले लखनउ सुपर जाइन्टसलाई पराजित गरेको छ ।

राजस्थानले दिएको १९४ रनको लक्ष्य पछाएको लखनउले २० ओभरमा ६ विकेट गुमाउदै १७३ रन बनाएको थियो । योसँगै राजस्थानले खेल २० रनले जितेको थियो ।

लखनउका लागि निकोलस पुरनले ६४ र कप्तान केएल राहुलले ५८ रनको अर्धशतकीय पारी खेले पनि जित भने दिलाउन सकेनन् । लखनउका लागि दीपक हुडडाले २६ रन बनाएका थिए ।

त्यस्तै राजस्थानका बलर ट्रेन्ट बोल्टले २ विकेट लिए भने नान्ड्रे बर्गर, आर आश्विन, युजवेन्द्र चहल र सन्दीप शर्माले एक एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको राजस्थान रोयल्सले २० ओभरमा ४ विकेट गुमाउदै १९३ रन बनाएको थियो ।

राजस्थानका लागि कप्तान सन्जु सामसनले अर्बधिक ८२ रन बनाएका थिए । सामसनले ५२ बलमा ८२ रन बनाउदै अविजित रहेका थिए । त्यसैगरी रियान परागले ४३ रनको महत्वपूर्ण योगदान दिएका थिए भने यशस्वी जैसवालले २४, जोस बटलरले ११ तथा ध्रुव जुरेलले अविजित २० रन बनाएका थिए ।

त्यसैगरी लखनउका बलर नवीन उल हकले २ विकेट लिएका थिए भने मोशिन खान र रवि विश्नोईले एक एक विकेट लिएका थिए । यो जितपछि राजस्थान रोयल्सले महत्वपूर्ण २ अंक जितेको छ भने लखनउले हारसँगै सिजनको शुरुवात गरेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ७ : ५१ बजे

मोन्था समुद्री आँधीको प्रभाव नेपालमा कस्तो पर्ला ?

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले यो हप्ता देशका विभिन्न

सञ्चार मन्त्री भन्छन्: सरकारले निर्वाचन सफल पार्न कुनै कसर बाँकी राख्दैन

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमिन्त्री जगदीश खरेलले वर्तमान सरकार

पोखरामा पर्यटक बढेसँगै प्याराग्लाइडिङमा थपियो रौनक

पोखरा – पोखराको आकाशमा यतिबेला प्याराग्लाइडिङको रौनकता छाएको छ ।

नेपालले भारतलाई उसकै घरमा हरायो, सावित्रा एक्लैले गरिन् दुई गोल

काठमाडौं – नेपाली महिला फुटबल टोलीले भारतलाई उसकै घरमा हराएको

अनमोललाई राहत, प्रकाशलाई अर्को झट्का, तक्मे बूढालाई ‘पहिलो गाँसमै ढुङ्गो’

काठमाडौं – यो तिहारलाई लक्षित गरेर चार फिल्म प्रर्दशनमा आए