आज २०८० साल चैत १२ गते सोमबारको राशिफल « Khabarhub

आज २०८० साल चैत १२ गते सोमबारको राशिफल


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल चैत १२ गते सोमबार तदनुसार सन् २०२४ मार्च २५ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : मित्रको साथ मिल्नेछ। साथीलाई देखेपछि काम गर्ने हिम्मत आउने छ। धार्मिक क्षेत्रमा मन जानेछ। वैदेशिक क्षेत्रमा सुधारका संकेत देखिने छन्। परिवारसँगको सम्बन्ध सामान्य रहनेछ।

वृष : समय राम्रो छ। गोप्य ढंगले बनाएको योजना सफल हुनेछ। काम गर्नु अगाडि हल्ला नगर्नु राम्रो हुन्छ। यात्रा रमाइलो हुनेछ। साथीले सहयोग गर्नेछन्। लगानी गरेको क्षेत्रमा फाइदा हुनेछ।

मिथुन : दैनिकी सामान्य छ। आर्थिक क्षेत्रमा विवाद हुनेछ। अल्छी बन्नुभयो भने काम हुँदैन। स्वास्थ्य जोगाउन खानपानमा ख्याल गर्नुपर्ने दिन छ। तपाईंले श्रम गरेको क्षेत्रमा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन राम्रो छ। सिर्जनात्मक बन्ने योग छ। धार्मिक क्षेत्रको भ्रमण हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। लगानीका क्षेत्रबाट राम्रो आम्दानी हुनेछ।

सिंह : मिठो खाने अवसर मिल्नेछ। दिन रमाइलो हुनेछ। प्रेम सम्बन्ध सफल हुनेछ। तपाईंको प्रशंसा हुनेछ। आर्थिक र सामाजिक क्षेत्रमा प्रगति हुनेछ।

कन्या : अधुरा काम बन्ने योग छ। तपाईंको बोलीले समाज प्रभावित हुनेछ। मित्रसँग भेट हुनेछ। समय राम्रो छ। मेहनतको फल प्राप्त हुनेछ। शिक्षा क्षेत्रमा सफलता मिल्नेछ।

तुला : सानो समस्याले दुःख दिने योग छ। स्वास्थ्यमा गढबढी हुने भएकाले खानपानमा विशेष ध्यान दिनुपर्ने देखिन्छ। गलत व्यक्तिसँगको संगतले खराब बाटोमा हिड्ने खतरा छ। परिवारको साथ र सहयोग निरन्तर रहनेछ।

वृश्चिक : समय राम्रो छ। समाजमा तपाईंको सम्मान हुनेछ। वौद्धिक व्यक्तिसँग सहकार्य हुनेछ। रोकिएको काम बन्नेछ। शिक्षामा प्रगति हुनेछ। वैदेशिक क्षेत्रमा फाइदा हुनसक्छ।

धनु : समय राम्रो छ। जिन्दगीमा न्याय मिल्ने दिन छ। सोचेको काम बन्नेछ। परिवारमा खुशी छाउने छ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मकर : दिन राम्रो छ। सामाजिक क्षेत्रमा मन जानेछ। सार्वजनिक जिम्मेवारी प्राप्त हुनेछ। वैदेशिक क्षेत्रबाट राम्रो फाइदा हुनेछ। शिक्षा भन्दा स्वास्थ्यमा लाभ हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

कुम्भ : आजको दिन सामान्य छ। शिक्षामा सफलता पाउन ठुलो मेहनतको खाँचो देखिन्छ। गलत बाटो देखाएर असफल बनाउने साथी सक्रिय छन्। बोलीमा रुखोपन बढ्ने भएकाले सचेत हुनु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ। परिवारको साथ रहनेछ।

मीन : समय राम्रो छ। बौद्धिक व्यक्तिसँग भेट हुनेछ। बोलीको प्रभावले धेरै काम बन्ने देखिन्छ। परिवारको साथ र सहयोग रहनेछ। शिक्षा क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ५ : २९ बजे

स्थानीयवासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै दिन इप्पानको माग

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत आयोजनाबाट

सुस्तामा फेरि पस्यो ठूलो संख्याामा भारतीय फौज, नेपाली भूमिमा बनिरहेको बाँध भत्काइदियो

बुटवल- पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)

स्रोत नखुलेको भारतीय रकमसहित दुईजना नियन्त्रणमा

वीरगञ्ज– प्रहरीले स्रोत नखुलेको भारतीय रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ

गोलबजारमा विध्वंशको यो रूप, कयौँ भवन खण्डहर (तस्बिरहरू)

काठमाडौं– सुनसरी घटनापछि मधेशका विभिन्न जिल्लामा उत्पन्न तनाव साउन १४

सुशासनलाई सुदृढ बनाउन अग्रजको आदर्शलाई आत्मसात् गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ