मलेसियामा अबैध भएर बसेका नेपालीलाई घर फर्कन ६ महिनाको समय | Khabarhub Khabarhub

मलेसियामा अबैध भएर बसेका नेपालीलाई घर फर्कन ६ महिनाको समय


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्वालालम्पुर- मलेसिया सरकारले विविध कारणले मलेसियामा अवैधानिक भएर बसेका नेपालीसहित सबै विदेशी नागरिकलाई आ–आफ्नो देश फर्कन ६ महिनाको अवसर दिएको छ।

अवैध कामदारलाई घर फर्किनका लागि दिएको समय बिहीबार अर्थात अगस्ट १ बाट शुरु भएको छ । मलेसियन सरकारले साउन १६ गतेदेखि आउँदो पुस १५ गते (अगस्ट १ देखि आउँदो डिसेम्बर ३१ तारिख)सम्मका लागि अवैधानिक विदेशी नागरिकलाई आममाफीको समय दिइएको हो।

मलेसिया सरकारले ल्याएको ‘ब्याक फर गुड’ कार्यक्रममार्फत अवैधानिक रूपमा बसेका सबै विदेशी नागरिक यसमा समावेश भएर स्वदेश फर्किन पाउने छन्।

भिसा र राहदानीको म्याद सकिएर अवैधानिक रूपमा मलेसियामा बसिरहेका सबै तोकिएको समयभित्र आ–आफ्नो देश फर्किसक्नुपर्नेछ। यो कार्यक्रम अवैधानिक रूपमा मलेसियामा बसेका नेपाली कामदारका लागि निकै ठूलो अवसर भएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ।

स्वदेश फर्किन चाहने कामदारले स्वदेश फर्किनका लागि मलेसियन सरकारलाई जरिवाना स्वरूप ७ सय रिङ्गेट र राहदानी नभएकाहरूले एकतर्फी यात्रा अनुमतिपत्रका लागि १ सय ६० रिङ्गेट तिर्नुपर्नेछ।

एकतर्फी यात्रा अनुमतिपत्र बनाएर मलेसिया सरकारले तोकेको अध्यागमन कार्यालय जानुपर्छ। त्यहाँ गएर आवेदन दिन नेपाल फिर्ता हुने हवाई टिकटको प्रतिलिपि अनिवार्य लैजानुपर्ने हुन्छ ।

नेपाल फिर्ता हुने हवाई टिकटमा नेपाल जाने मिति अध्यागमन कार्यालय गएको सात दिनभित्रको हुनुपर्नेछ । अध्यागमनमा जाँदा सम्बन्धित व्यक्ति उपस्थित हुनुपर्ने प्रावधान तोकिएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ७ : ०७ बजे

खेलकुद महासङ्घ सुदूरपश्चिमको अध्यक्षमा चन्द सर्वसम्मत

धनगढी । नेपाल खेलकुद महासङ्घ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा प्रकाश चन्द

अमेरिकी सैन्य अखडालाई निशाना बनाउने इरानको चेतावनी

तेहरान – इरानले द्वन्द्व भड्किए उक्त क्षेत्रमा रहेको अमेरिकी सैन्य

अत्यधिक गर्मीले वीरगञ्ज महानगरका विद्यालय जेठ २९ र ३० गते बन्द

वीरगञ्ज – अत्यधिक गर्मीले पठनपाठनमा समस्या भए पनि वीरगञ्ज महानगरले

कैलाली र कञ्चनपुरमा गर्मीले जनजीवन कष्टकर

सुदूरपश्चिम – केही दिनदेखिको उखरमाउलो गर्मीले कैलाली, कञ्चनपुरसहितका जिल्लाको जनजीवन

दुई करोड बढीको गहनासहित चारजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले रु दुई करोड बढी मूल्यका सुन,