भेटेरिनरी अस्पताल सर्लाहीका प्रमुखसहित ६ जनाविरुद्ध मुद्दा दायर « Khabarhub

भेटेरिनरी अस्पताल सर्लाहीका प्रमुखसहित ६ जनाविरुद्ध मुद्दा दायर


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा. सुनिल कुमार यादव, वडा अध्यक्षसमेत ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले कृषि सेड निर्माणको क्रममा काम भएको भन्दा बढी मूल्यांकन गराई भुक्तानी गरेको भन्दै मुद्दा दायर गरेको जनाएको छ । अख्तियारले ९ लाख ७७ हजार १६ रुपैयाँ बढी भुक्तानी दिएको जनाएको छ ।

अख्तियारले भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन योजना शाखा प्रमुख सुरेन्द्र महतो कोइरी, सर्लाहीको चक्रघट्टा गाउँपालिका-९ का तत्कालीन वडा अध्यक्ष राम ईश्वर ठाकुर लोहार, आम्रपाली बहुमुखी सहकारी संस्था लिमिटेडका अध्यक्ष मृगेन्द्र प्रसाद यादव, उपाध्यक्ष जय नारायण राय र व्यवस्थापक जय नन्दन राय यादव विरुद्ध मुद्दा दायर गर्दै जनही ९ लाख ७७ हजार १६ बराबरक्लो बिगो कायम गर्दै सोही अनुसार सजाय गरी बिगोसमेत जफत हुन मागदाबी गर्दै सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ४ : ३० बजे

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको

सुनचाँदीको मूल्य क्रमशः घट्दै

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार २०० रुपैयाँ

तामाकोसी किनारमा युवती र बालक मृत फेला

काठमाडौँ– दोलखाको भीमेश्वर नगरपालिका-५ स्थित तामाकोसी नदी किनारमा एक युवती

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६०

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका