सुनकोशीमा बेपत्ता बालबालिकाको खोजी गर्न प्रहरी परिचालन « Khabarhub

सुनकोशीमा बेपत्ता बालबालिकाको खोजी गर्न प्रहरी परिचालन


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उदयपुरको उत्तरी सिमा स्थित सुनकोशी नदीमा बेपत्ता परेका तीन बालबालिकाको खोजी कार्यको लागि सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको छ । 

जिल्लाको त्रियुगा नगरपालिका १४ साउनेका १२ वर्षीय रेखा मगर, ९ वर्षीय रिदम मगर र १२ वर्षीय लोक बहादुर मगरको खोजी कार्यको गोताखोरको टोली परिचालन गरिएको हो । 

बालबालिकाको खोजतलास गर्न शसस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनी मुख्यालय पकली सुनसरीबाट प्रहरी निरीक्षक उमेश काफ्लेको नेतृत्वमा ११ जना शसस्त्र प्रहरीको गोताखोर र नेपाल प्रहरीको ६ जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए । 

होली खेलेर नुहाउने क्रममा आइतबार तीन बालबालिका सुनकोशी नदीमा बेपत्ता भएका थिए । गोताखोरको टोलीले बेपत्ता भएको स्थानदेखि नदीको तल्लो क्षेत्र तर्फ पानी मुनी गएर खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरीनन्दन चौधरीले जानकारी दिए । 

गोताखोरको टोलीले बेपत्ता बालबालीकाको खोजी गरिरहेको स्थानमा कोशी प्रदेश सभाका उपसभामुख सृजना दनुवार र त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राई पुगेर बेपत्ता बालबालिकाहरूको खोजतलासको जानकारी लिएका छन् । 

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ५ : ३६ बजे

भीमफेदीमा कोदोखेती गर्ने किसानलाई अनुदान

मकवानपुर– मकवानपुरको भीमफेदी गाउँपालिकाले कोदोबालीतर्फ किसानलाई आकर्षित गर्न नगद अनुदान

सिन्धुपाल्चोकमा टिपर दुर्घटना: हाम फालेका लामाको च्यापिएर मृत्यु

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरास्थित भित्री सडक खण्डमा बुधबार

खुट्टामा फुटबल, शरीरभरि आगोको दाग: आखिर को हुन् ती बालक ?

के तपाईं कल्पना गर्न सक्नुहुन्छ ? १४ महिनाको उमेरमा मृत्युको

खानेपानी व्यवस्थापन बोर्डद्वारा एक करोड ५५ लाख बक्यौता असुली

चितवन– भरतपुर खानेपानी व्यवस्थापन बोर्डले एक हजार ५०३ जना ग्राहकबाट

संरक्षणको पर्खाइमा हतुवागढीको ऐतिहासिक ‘फलाम ढुङ्गा’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–४ मा रहेको ऐतिहासिक तथा पर्यटकीय महत्व