रास्वपासँगको छलफल सकारात्मक छ : मिलन लिम्बू « Khabarhub

रास्वपासँगको छलफल सकारात्मक छ : मिलन लिम्बू


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इलाम २ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका मिलन लिम्बूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग छलफल अघि बढाएका छन् ।

पहिचान पक्षधर लिम्बुले रास्वपासँग सबै कोणबाट छलफल भइरहेको भन्दै सकारात्मक संकेत प्राप्त गरेको बताए । उनले खबरहबसँग भने, ‘रास्वपाको नेतृत्वसँग छ्लफल चलिरहेको छ । उहाँहरुको उम्मेदवार हुने या नहुने छिटो टुङ्गो लाग्छ । हामिलेत सबै कोणबाट छलफल जारी राखेका छौं ।’

युवाहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाउने मुख्य मुद्दासहित पत्रकार लिम्बू चुनावी मैदानमा होमिएका छन् । उनी नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)का महसचिव हुन् ।

यता रास्वपाका सहप्रवक्ता कबिन्द्र बुर्लाकोटिले अहिलेसम्म उम्मेदवारीको सिफारिस सूचीमा लिम्बूको नाम नपरेको बताए । सात जनाको आकांक्षीको नाममा भने लिम्बूले पनि इच्छा जायर गरेको बुर्लाकोटीले बताए ।

उनका अनुसार चैत १४ सम्ममा पार्टीले लिखित रुपमा इच्छा राख्ने उम्मेदवारलाई निवेदन पठाउन भनेको छ।

एमाले उपाध्यक्ष सुवास नेम्वाङको मुत्युपछि इलाम २ को प्रतिनिधिसभा सिट रिक्त छ। त्यहाँ  वैशाख १५ गते उपनिर्वाचन हुँदैछ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ९ : २१ बजे

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित