रास्वपासँगको छलफल सकारात्मक छ : मिलन लिम्बू « Khabarhub

रास्वपासँगको छलफल सकारात्मक छ : मिलन लिम्बू


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इलाम २ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका मिलन लिम्बूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग छलफल अघि बढाएका छन् ।

पहिचान पक्षधर लिम्बुले रास्वपासँग सबै कोणबाट छलफल भइरहेको भन्दै सकारात्मक संकेत प्राप्त गरेको बताए । उनले खबरहबसँग भने, ‘रास्वपाको नेतृत्वसँग छ्लफल चलिरहेको छ । उहाँहरुको उम्मेदवार हुने या नहुने छिटो टुङ्गो लाग्छ । हामिलेत सबै कोणबाट छलफल जारी राखेका छौं ।’

युवाहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाउने मुख्य मुद्दासहित पत्रकार लिम्बू चुनावी मैदानमा होमिएका छन् । उनी नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)का महसचिव हुन् ।

यता रास्वपाका सहप्रवक्ता कबिन्द्र बुर्लाकोटिले अहिलेसम्म उम्मेदवारीको सिफारिस सूचीमा लिम्बूको नाम नपरेको बताए । सात जनाको आकांक्षीको नाममा भने लिम्बूले पनि इच्छा जायर गरेको बुर्लाकोटीले बताए ।

उनका अनुसार चैत १४ सम्ममा पार्टीले लिखित रुपमा इच्छा राख्ने उम्मेदवारलाई निवेदन पठाउन भनेको छ।

एमाले उपाध्यक्ष सुवास नेम्वाङको मुत्युपछि इलाम २ को प्रतिनिधिसभा सिट रिक्त छ। त्यहाँ  वैशाख १५ गते उपनिर्वाचन हुँदैछ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ९ : २१ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका