गाजामा युद्धविराम सबन्धी प्रस्ताव राष्ट्र संघीय सुरक्षा परिषदबाट पारित | Khabarhub Khabarhub

गाजामा युद्धविराम सबन्धी प्रस्ताव राष्ट्र संघीय सुरक्षा परिषदबाट पारित


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– पहिलो पटक संयुक्त राष्ट्रसंघबाट गाजामा युद्धविरामको प्रस्ताव पारित भएको छ । इजरायलको पक्षमा उभिदै आएको अमेरिका मौन बसे पछि पहिलो पटक सुरक्षा परिषदबाट युद्धविरामको प्रस्ताव पारित भएको हो ।

पाँच महिनाभन्दा बढी समयदेखि जारी इजरायल–हमास युद्धमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले सोमबार पहिलो पटक तत्काल युद्धविरामको माग गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अघिल्लो मस्यौदामा भिटो लगाएको इजरायलको सहयोगी अमेरिकाले यस प्रकियामा भने भाग लिएन। चलिरहेको इस्लामिक पवित्र महिना रमजानको लागि तत्काल युद्धविरामको माग गरिएको छ ।

यसमा सुरक्षा परिषद्का अन्य १४ सदस्यले उक्त प्रस्तावको पक्षमा मतदान गरेका थिए । प्रस्तावमा स्थायी र दिगो युद्धविरामका उपायहरूका साथै हमास र अन्य विद्रोहीहरूबाट बन्धक बनाएकाहरूलाई रिहा गर्न आह्वान गरेको थियो।

सफल प्रस्तावको मस्यौदा आंशिक रूपमा सुरक्षा परिषदमा अरब ब्लकको वर्तमान सदस्य अल्जेरियाले बनाएको थियो भने स्लोभेनिया र स्विट्जरल्याण्डलगायत अन्य देशहरू पनि यसमा सामेल भएका थिए ।

तर, रुस र चीनले यसलाई अवरुद्ध गरेका थिए । गाजामा आफ्नो कारबाही रोक्न इजरायलको स्पष्ट माग पूरा नराखेको भन्दै अरब देशहरूको आलोचना गरेका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ७ : ४९ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं