समृद्ध तराई मधेस सिँचाइ विशेष कार्यक्रम सञ्चालनमा « Khabarhub

समृद्ध तराई मधेस सिँचाइ विशेष कार्यक्रम सञ्चालनमा


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशका कैलाली–कञ्चनपुर तथा अन्य तीन जिल्ला गरी पाँच जिल्लामा समृद्ध तराई मधेस सिँचाइ विशेष कार्यक्रम सञ्चालन भएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका, लम्कीचुहा, गोदावरी नगरपालिका र बर्दगोरिया गाउँपालिका, कञ्चनपुरको कृष्णपुर, पुनर्वास नगरपालिका तथा लालझाडी गाउँपालिकामा डिपट्युबेलबाट पानी निकालेर उक्त कार्यक्रम सञ्चालन गरिएको महाकाली सिँचाइ व्यवस्थापन कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर सालिक भुसालले बताए ।

यसैगरी कर्णाली प्रदेशको सुर्खेत, लुम्बिनी प्रदेशका बाँके र बर्दियामा डिपट्युबेलमार्फत सिँचाइ उपलब्ध पुर् पुर्याउने उद्देश्यले समृद्ध तराई मधेश सिँचाइ विशेष कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ छ ।

कैलाली–कञ्चनपुरलगायत अन्य तीन जिल्ला गरी पाँच जिल्लामा डिपट्युबेलमार्फत चालु आर्थिक वर्ष २०८०–८१ मा ४० हेक्टर जग्गामा बाह्रै महिनाका लागि सिँचाइ सुविधा उपलब्ध गराइने लक्ष्य रहेको उनले जानकारी दिए । ती पाँच जिल्लामा डिपट्युबेलमार्फत भूमिगत  सिँचाइ उपलब्धताका लागि चालु आर्थिक वर्ष २०८०–८१ मा सात करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।

उनले पाँच जिल्लामा सञ्चालित सो कार्यक्रमका लागि विनियोजन गरिएको बजेट पर्याप्त नभएको बताए । ‘कार्यक्रमअनुसार बजेटको आकार पनि ठूलो हुनुपर्ने हो तर छैन’, इन्जिनियर भुसालले भने ।

यी जिल्लामा किसानलाई आवश्यकताका आधारमा बाह्रै महिना सिँचाइको सुविधा उपलब्ध गराउने गरी कार्यालयले स्थान छनोट गरेर ‘डिपट्युबेल’ निर्माणको काम तीव्र रूपमा अघि बढाएको जनाइएको छ ।

एउटा डिपट्युबेल जडानका लागि झण्डै ८५ लाख बढी खर्च लाग्ने गरेको जनाइएको छ । भूमिगत जलस्रोतबाट खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले डिपट्युबेलका लागि किसानबाट निवेदन माग गरिनेछ । किसानले निवेदन पेस गरेपछि प्रतिहेक्टर रु पाँच सयका दरले अधिकतम २० हजार रकम उठाई कार्यालयको धरौटी खातामा जम्मा गरिनेछ ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  १० : २९ बजे

बाघको आहारा प्रजातिको सर्वेक्षण सुरु

चितवन– चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको सर्वेक्षण

जापानमा भालु आक्रमण तिव्र पछिल्लो आक्रमणमा चार जना घाइते

एजेन्सी– उत्तरपूर्वी जापानको फुकुसिमा शहरमा मंगलबार भालुले आक्रमण गर्दा चार

पाल्पामा सडक खाना महोत्सव : स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

तानसेन– मखमलको चोली, गलामा पहेँलो पोते र परम्परागत झोला भिरेका

मन्त्रिपरिषद्को निर्णय : सशस्त्र प्रहरीको एआईजीमा अञ्जनीकुमार पोखरेल

काठमाडौं– सरकारले आजको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।