टस जितेर ब्याटिङ गर्दै नेपाल « Khabarhub

टस जितेर ब्याटिङ गर्दै नेपाल


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


777
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– घरेलु टोली नेपालले ट्वान्टी-२० शृङ्खलाअन्तर्गत  आयरल्याण्ड ‘ए’विरुद्धको आज हुने खेलमा ‘टस’ जितेर पहिले ‘ब्याटिङ’ गर्ने भएको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर कप्तान रोहितकुमार पौडेलले पहिला ब्याटिङ रोजेका हुन् । 

आजको खेल जितेमा नेपालले शृङ्खलामाथि कब्जा गर्नेछ । हिजो भएको यस शृङ्खलाको पहिलो खेलमा नेपालले आयरल्याण्ड ‘ए’लाई छ विकेटले पराजित गरेको थियो ।

आजको खेलमा नेपाली टोलीमा दुई खेलाडीलाई परिवर्तन भएका छन् । विवेक यादव र अनिल शाह टोलीमा समावेश हुँदा दीपेन्द्रसिंह ऐरी र ललित राजवंशी बेञ्चमा छन् ।

नेपालको प्लेइङ एघारमा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, अभिनाश बोहरा, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, करण केसी र सोमपाल कामी छन् । बेञ्चमा आकाश चन्द, दिपेन्द्रसिंह ऐरी, ललित राजवंशी र प्रतिश जिसी छन् । 

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  १ : ०७ बजे

अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता

काठमाडौँ– एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ

पहिरोबाट उद्धार गरिएका भन्छन्– ‘नयाँ जीवन पायौँ’

म्याग्दी– पहिरोमा फसिएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ गिवाङका ५७ वर्षीय प्रेमबहादुर

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो, पूर्वसावधानीले मानवीय क्षति टर्यो

काठमाडाैँ – ललितपुर महानगरपालिका–२४ स्थित धापाखेलमा लगातारको अविरल वर्षाका कारण

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा– केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै बाजुराको जनजीवन

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म