कार्गो जहाज ठोक्किँदा बाल्टिमोरस्थित ‘फ्रान्सिस स्कट ब्रिज’ भत्कियो « Khabarhub

कार्गो जहाज ठोक्किँदा बाल्टिमोरस्थित ‘फ्रान्सिस स्कट ब्रिज’ भत्कियो


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.6k
Shares
  • change font
  • change font
  • change font

वाशिंगटन– अमेरिकाको बाल्टिमोरमा एउटा कार्गो जहाज ठोक्किएपछि ‘फ्रान्सिस स्कट ब्रिज’ को एक भाग भत्किएको छ । न्युयोर्क टाइम्सका अनुसार अमेरिकी समय अनुसार बिहान करिब १:३० बजे जहाज पुलसँग ठोक्किएको थियो । त्यसपछि आगो लाग्यो र जहाज डुब्यो ।

पुल भत्किएपछि करिब ७ जनाको उद्धार गर्ने प्रयास भइरहेको अधिकारीहरूले बताएका छन् । पुल भत्किँदा त्यहाँ रहेका धेरै सवारीसाधन पनि पानीमा डुबेका छन् । रिपोर्टका अनुसार मेरिल्याण्ड यातायात प्राधिकरणले पुलमा दुर्घटना भएपछि दुवैतर्फका सबै लेन बन्द गरेर यातायात रोकिएको जनाएको छ ।

मिडिया रिपोर्टका अनुसार सिंगापुरको झण्डा बोकेको यो जहाजको नाम ‘डाली’ हो र यो श्रीलंकाको राजधानी कोलम्बो जाँदै थियो । यो जहाज ९४८ फिट लामो थियो । फ्रान्सिस पुल १९७७ मा पाटास्को नदीमा बनाइएको थियो । 

अमेरिकाको राष्ट्रिय गान लेख्ने फ्रान्सिस स्कट कीको नाममा यस पुलको नाम राखिएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  २ : २७ बजे

कांग्रेस महाधिवेशनको बन्द सत्र : सभापतिको प्रतिवेदनमाथि तीन छुट्टाछुट्टै हलमा छलफल

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र शुरू भएको छ

रौतहटको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

रौतहट- प्रहरीले रौतहटको गुजरा नगरपालिका–५, लक्ष्मीपुरस्थित एक इँटाभट्टामा अलपत्र परेका ४२

कांग्रेस महाधिवेशनको बन्द सत्रमा सभापति थापाले प्रस्तुत गेको प्रतिवेदनमा के छ ? पूर्णपाठ

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्रमा

इमरान खानको रिहाइ माग्दै समर्थकको इस्लामावादतर्फ मार्च

इस्लामावाद – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै उहाँका

अमेरिकी नाकाबन्दीबीच इरानका तेलमन्त्रीले दिए राजीनामा

तेहरान- संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम निर्यात रोक्न कडा नौसैनिक नाकाबन्दी