सुदूरपश्चिममा पाठ्यपुस्तक बिक्री सुरु « Khabarhub

सुदूरपश्चिममा पाठ्यपुस्तक बिक्री सुरु


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

कैलाली । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले सुदूरपश्चिममा आगामी शैक्षिक सत्रका लागि विद्यालयस्तरका पाठ्यपुस्तक बिक्री–वितरण सुरु गरेको छ । जनक शिक्षाले आजदेखि प्रदेशका पुस्तक व्यवसायीलाई पुस्तक बिक्री–वितरण सुरु गरेको हो ।

प्रदेशका पहाडी जिल्लामा पाठ्यपुस्तक ढुवानी सुरु गरिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख रामबहादुर कुँवरले जानकारी दिए । आजदेखि प्रदेशको विकट हिमाली जिल्ला बाजुरामा ढुवानी सुरु गरिएकोे बताउँदै दुई दिनसम्म त्यहाँ पुस्तक ढुवानी गरिने उनले बताए ।

त्यस लगतै अन्य जिल्लामा पुस्तक ढुवानी गरिने कार्यालय प्रमुख कुँवरले बताए । केन्द्रले शैक्षिक सत्र २०८१ का लागि हाल प्रदेशमा कक्षा ५ देखि १० सम्मको पाठ्यपुस्तक बिक्री वितरण सुरु गरेको उनले बताए ।

कक्षा १ देखि ४ सम्म निजी क्षेत्रले पुस्तक बिक्री वितरण गर्दै आएकोमा आगामी शैक्षिक सत्रका लागि भने जनक शिक्षाले कक्षा ३ र ४ को पाठ्यपुस्तक पनि २० प्रतिशत छुटमा बिक्री–वितरण गर्ने उनको भनाइ छ । कक्षा ११ र १२ का लागि भने पछिल्लो चरणमा पुस्तक बिक्री वितरण गरिने उनले बताए ।

प्रदेशभर १९ लाख १५ हजार एक सय ८५ थान पुस्तक बिक्री–वितरण गर्ने कार्यालयले लक्ष्य लिएको उनले बताए । “बिक्री लक्ष्यको ८० प्रतिशत पुस्तक सेट यहाँ आइपुगेको छ ।” उनले भने “गोदाम अभाव छ । बाँकी २० प्रतिशत पुस्तक बिक्रीकै क्रममा ल्याउँछौँ ।”

चालु शैक्षिक सत्रमा कक्षा ६ देखि १२ सम्मका १७ लाख ४१ हजार थान पुस्तक बिक्री–वितरण गरिएको उनले बताए । जनक शिक्षाले पुस्तक बिक्रीका लागि सुदूरपश्चिममा एक सय ६५ पुस्तक बिक्रेतालाई अनुमति दिएको जनाइएको छ ।

नयाँ शैक्षिक सत्रमा समयमै विद्यार्थीको हातमा पुस्तक पुग्ने दाबी गर्दै कार्यालय प्रमुख कुँवरले चालु शैक्षिक सत्रमा ३० करोडको पुस्तक बिक्री गरेकोमा आगामी शैक्षिक सत्रमा ३२ देखि ३५ करोडको पुस्तक बिक्री गर्ने लक्ष्य लिइएको बताए।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  १० : १८ बजे

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको