महिला पथप्रदर्शकलाई उद्धार तालिम « Khabarhub

महिला पथप्रदर्शकलाई उद्धार तालिम


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुरक्षित पर्यटन प्रवर्द्धन गर्न महिला ‘गाइड’लाई उद्धार रेस्क्यू’ सम्बन्धी तालिम दिइएको छ । सीपयुक्त जनशक्तिको विकास गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले महिला गाइडलाई सातदिने रेस्क्यू तालिम दिएको हो ।

‘माउन्टेन गाइड’ बन्न आवश्यक पर्ने पाठ्यक्रममा आधारित रहेर पदयात्रा र हिमाल आरोहणका क्रममा दुर्घटनाबाट बचाउन र उद्धार गर्ने सीपहरू उक्त तालिमका क्रममा सिकाइएको प्रशिक्षक लामबाबु शेर्पाले जानकारी दिए ।

नेपाल पर्वतारोहण प्रशिक्षक सङ्घको प्राविधिक सहयोग रहेको उक्त तालिममा २५ महिला गाइडको सहभागिता थियो । काठमाडौँको जकडोल जङ्गलमा यही चैत ७ देखि १३ गतेसम्म तालिम सञ्चालन भएको थियो ।

पदयात्रा र आरोहणका क्रममा पर्यटकको मृत्यु हुनेको सङ्ख्या वार्षिक रुपमा बढ्दै गएकाले त्यसको न्यूनीकरणका लागि तालिम फलदायी हुने प्रतिष्ठानका अध्यक्ष दावाफुटी शेर्पाले बताए । सीप र दक्षता बिनाको जनशक्तिले पर्यटन क्षेत्रमा नकारात्मक सन्देश जाने भएकाले यस्ता तालिमको आयोजना गर्नु आवश्यक भएको उनको भनाइ छ ।

बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले आगामी दिनमा दक्ष जनशक्ति विकासका लागि बोर्डले निरन्तर यस्ता तालिमको आयोजना गर्ने बताए । सरकारले राखेको पर्यटन दशक (सन् २०२३–२०३०) को उद्देश्य पूरा गर्न यस्ता सीपयुक्त जनशक्ति विकास गर्नुपर्ने आवश्यकता भएको उनले भनाइ छ ।

भीर र खोँचमा फसेका व्यक्ति, आरोहणका क्रममा क्रिभासभित्र पसेकालाई सहज रुपमा उद्धार गर्ने, सुरक्षित स्थानमा पुर्‍याउने, आवश्यक मार्गदर्शनलगायत पदमार्गका क्रममा आवश्यक पर्ने सीप तालिमका सहभागीलाई प्रशिक्षकले अभ्यास गराएका थिए ।

ट्रेकिङ गाइड र आरोहीले मात्र सहभागिता जनाएका उक्त तालिमले अन्तर्राष्ट्रिय माउन्टेन गाइड बन्न सहयोग पुर्‍याउने आयोजकले जनाएको छ । नेपालमा हालसम्म दावायाङजुम शेर्पा मात्र महिला माउन्टेन गाइड बन्न सफल भएको बताइएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  १२ : १२ बजे

सेनालाई धन्यवाद होइन, तलब बढाउनुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले विपद्का बेला

हामी साथमा छौँ, सरकारले अझ व्यापक काम गरोस् : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले बाढीपहिरोका कारण

उद्धारमा विदेशी ल्याउन भएको ढिलाइबारे प्रधानमन्त्रीको जवाफ : प्रक्रिया छोटोसमेत गरायौँ

काठमाडौं – गत बुधबारको रसुवा बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको

संकटको बेला सरकारसँगै छौं, जनताको जीवन रक्षा पहिलो प्राथमिकता : धुर्व राई

काठमाडौं- श्रम संस्कृति पार्टीका सांसद धुर्व राईले विपद्का बेला सबै राजनीतिक

प्रधानमन्त्रीले आफ्नै सांसदको विश्वास लिन सक्नुभएन, अनुहारै हेर्नुहुन्न : प्रचण्ड

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले