एकीकृत समाजवादीद्वारा प्रगति विवरण पठाउन निर्देशन « Khabarhub

एकीकृत समाजवादीद्वारा प्रगति विवरण पठाउन निर्देशन


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले मातहतका सबै जिल्ला कमिटीलाई साङ्गठनिक गतिविधिको कार्य प्रगतिबारे प्रतिवेदन यही चैत मसान्तभित्र केन्द्रमा पठाउन निर्देशन दिएको छ ।

काठमाडौँ जिल्ला कमिटीले यही चैत १७ गतेसम्म वडा कमिटीका सबै राजनीतिक गतिविधि सम्पन्न गर्ने भएको छ । पार्टीको आगामी राष्ट्रिय महाधिवेशनको तयारी पूरा गर्न कमिटीले महाधिवेशन केन्द्रित अभियान सञ्चालन गरेका राजनीतिक कार्यक्रम, सङ्गठन सुदृढीकरण तथा सदस्य विस्तार, प्रशिक्षणलगायत कार्य प्रगतिको विवरण माग गरिएको हो ।

सबै कमिटीले सदस्यता वितरण, नवीकरण गर्ने, नयाँ सदस्यता थपेको विवरण अद्यावधिक गरी प्रतिवेदन केन्द्रमा पठाएपछि महाधिवेशन प्रतिनिधि छनोटका कार्य गरिनेछ । आगामी वैशाख अन्तिम साताभित्र प्रतिनिधि चयन गरिने जनाइएको छ ।

महाधिवेशन दस्तावेज लेखन समितिले राजनीतिक प्रतिवेदनमा छलफल सम्पन्न गरेको छ । वामपन्थी शक्तिबीचको कार्यगत एकतालाई पनि प्राथमिकतामा राखिएको उक्त प्रतिवेदनमा पछिल्लो विकसित राजनीतिक अवस्था, समसामयिक विषयवस्तु, अन्तर्राष्ट्रिय घटनाक्रमको समेत समीक्षा गरिएको छ ।

समाजवादी कार्यक्रम, साङ्गठनिक र विधान प्रतिवदेनमा छलफल सकेपछि ती सबै प्रतिवेदनलाई एउटै दस्तावेज बनाएर महाधिवेशनमा लैजाने केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । महाधिवेशन केन्द्रित अभियान देशभर सञ्चालन गरेको सो पार्टीले सङ्गठन सुदृढीकरण तथा विस्तार कार्य जारी राखेको छ ।

पार्टीले आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा गर्न लागेको राष्ट्रिय महाधिवेशनका लागि पार्टीले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा १०औँ महाधिवेशन मूल व्यवस्थापन कमिटी तथा अन्य १३ कमिटी गठन गरिसकेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  १२ : १५ बजे

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र