सांसद बडूको प्रश्न-विनोद चौधरीमाथि छानबिन गर्दैछौं भनेर सभामुखलाई पत्र किन लेखेको ? « Khabarhub

सांसद बडूको प्रश्न-विनोद चौधरीमाथि छानबिन गर्दैछौं भनेर सभामुखलाई पत्र किन लेखेको ?


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सांसद विनोद चौधरीमाथि छानबिन गर्दैछौं भनेर सभामुखलाई पत्र लेख्नुको कारण उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद बडूले संविधानको धारा १०३ मा उल्लेख भए बमोजिम मात्र सभामुखलाई जानकारी गराउने संवैधानिक व्यवस्था रहेको बताए । तर सांसद चौधरीको हकमा छानबिन गर्दैछौं भनेर पत्र पठाएर चौधरीको ह्यारेसमेन्ट गर्न खोजिएको हो की भन्ने विषय उठेको भन्दै उनले पूर्वाग्रह राखेर चौधरीमाथि यस्तो गरिएको हुनसक्ने आशंका व्यक्त गरे । चौधरी नेपाली कांग्रेसबाट निर्वाचित सांसद हुन् ।

समिति बैठकमा बोल्दै सांसद बडूले उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई सहकारी प्रकरणको छानबिन अवधिभर राजीनामा दिन आग्रह गरे ।

उनले छानबिनको निष्पक्षताका लागि गृहमन्त्री नै रवि लामिछाने हो भने जनताले विश्वास दिलाउनका लागि छानबिन अवधिमा बाहिर बस्न आग्रह गरेका हुन् ।

सहकारीको एक करोड जम्मा भएका रवि लामिछाने गृहमन्त्री नै हो कि अरू कोही हो ? भन्दै प्रश्न पनि गरे ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  १ : ५३ बजे

माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

चितवन– चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

काठमाडौं– खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन

सुनकोशीमा बेपत्ता पराजुली दम्पत्तिमध्ये श्रीमती तिलकुमारीको शव भेटियो

काठमाडौं- काभ्रेपलाञ्चोकको दोलालघाटबाट गत बुधबार सुनकोशीमा हाम फाम फालेका पराजुली

माडी जाने सडकको झाडी सफाइ गरिँदै

नारायणगढ– चितवनको भरतपुर महानगरबाट चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी जाने

महेश बाबुको ‘वाराणसी’मा देखियो रुद्रको रहस्यमय रूप, जन्मदिनमै राजामौलीको ठूलो सरप्राइज !

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार महेश बाबुको ५१औँ जन्मदिन यसपटक उनका