ठमेल चौबिसै घण्टा खुलाउनेबारे व्यवसायी र घरधनीसँग छलफल « Khabarhub

ठमेल चौबिसै घण्टा खुलाउनेबारे व्यवसायी र घरधनीसँग छलफल


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ठमेल पर्यटन विकास परिषद्ले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रलाई चौबिसै घण्टा खुलाउनेबारे ठमेलका व्यवसायी तथा घरधनीसँग छलफल गरेको छ ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएसँगै जिल्ला प्रशासन कार्यालयको अनुरोधमा परिषद्ले आज व्यवसायी र घरधनीसँग छलफल गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले ‘चौबिसै घण्टा बजार सञ्चालनका लागि आचारसंहिता एवम् सुरक्षा मापदण्ड-२०८०’ तयार गरिसकेको छ । चौबिसै घण्टा बजार सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयले तयार पारेको आचारसंहिता एवं सुरक्षा मापदण्डका बारेमा व्यवसायी तथा घरधनीको राय, सुझाव लिनका लागि छलफल आयोजना गरिएको परिषद्का महासचिव राजीव पाण्डेले जानकारी दिए।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले प्रचलित कानुनको अधीनमा रहेर कसरी ठमेलभित्र चौबिसै घण्टा व्यापार–व्यवसाय सञ्चालन गर्न सकिन्छ भनेर घरधनी र व्यवसायीको सुझाव मागिएको बताए। 

“ठमेल क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्नका लागि परिषद्ले यसअघि पनि सरोकारवाला निकायसँग पटकपटक छलफल गरी जिल्ला प्रशासन कार्यालयमा व्यावसायिक आचारसंहिता र सुरक्षा मापदण्ड बनाएर बुझाइसकेको थियो, ठमेल क्षेत्रलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने परिषद्को चाहना हो”, उनले भने।

जिल्ला प्रशासन कार्यालयले ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्नका लागि व्यवसायी, उपभोक्ता र श्रमिकले पालना गर्नुपर्ने आचारसंहिता तयार गरेको छ । यस्तै रात्रिकालीन समयमा मनोरञ्जनात्मक व्यवसाय गर्ने व्यवसायीले पालना गर्नुपर्ने आचारसंहिता समेत तयार गरिएको हो ।

जिप्रका काठमाडौँले रात्रिकालीन समयमा सञ्चालित बजार क्षेत्रको आन्तरिक तथा बाह्य सुरक्षा व्यवस्थाबारेमा समेत मापदण्डमा समेटेको छ । मापदण्डबमोजिम कार्य भए-नभएको विषयमा अनुगमन, समन्वय तथा सहजीकरण नियमन गर्नका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा टोली बनाइने छ ।

यस्तै बजार क्षेत्र व्यवस्थापन समिति, व्यवसायस्थलको सरसफाइ, यातायातको व्यवस्था, गुनासो प्राप्ति र सम्बोधन, श्रमिकको उजुरी एवं कारबाहीलाई समेत आचारसंहिता तथा मापदण्डमा राखिएको छ ।

परिषद्का उपाध्यक्ष सहदेव धमलाले नेपाल भ्रमणमा आउने पर्यटकमध्ये ८० प्रतिशत ठमेल क्षेत्रमा आउने गरेको बताए। हाल ठमेलभित्र १० हजारभन्दा बढी व्यवसायी र दुई हजारको हाराहारीमा घरधनी छन् । व्यवसाय तथा घरधनी दुवैलाई सहज हुने गरी आचारसंहिता तथा मापदण्डलाई कार्यान्वयनमा लैजाने उपाध्यक्ष धमलाले बताए। 

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ३ : २७ बजे

पदाधिकारी व्यवस्थापन गर्न ओलीलाई मुस्किल, असन्तुष्ट तान्ने दाउमा पोखरेल

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशनमा उद्घाटन शत्र सकिएपछि नयाँ

एनपीएलः रोहितले जिते कार, अरूले के पाए ?

काठमाडौं – लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले नेपाल प्रिमियर लिग

‘हाइकिङ’ जाँदा अस्वस्थ भएका भारतीय राजदूतको हेलिकप्टरबाट उद्धारपछि उपचार

काठमाडौं – ‘हाइकिङ’ जाँदा अस्वस्थ भएपछि नेपालका लागि भारतीय राजदूत

गाउँबस्तीको विकासमा प्रदेश सरकार सक्रिय छः मुख्यमन्त्री बानियाँ

नुवाकोट – बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले देश निर्माणको अभियानअन्तर्गत

नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव : छोङछिङमा सांस्कृतिक कार्यक्रम

काठमाडौं नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा बिहीबार छोङछिङ महानगरमा