संवैधानिक परिषद्को बैठकअघि प्रचण्ड र देउवा पुन: भेटवार्ता गर्ने  « Khabarhub

संवैधानिक परिषद्को बैठकअघि प्रचण्ड र देउवा पुन: भेटवार्ता गर्ने 


१५ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच संवैधानिक परिषद् बैठकको विषय र सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई अघि बढाउनेबारेमा छलफल भएको छ । 

देउवाको  स्वकीय सचिव भानु देउवाका अनुसार आजको भेटमा मुख्य दुई विषयमा छलफल भएको छ । छलफल सकारात्मक भएपनि पुनः देउवा र प्रचण्ड एक पटक भेटेर १८ गते प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक बस्ने कुरा भएको स्वकीय सचिव देउवाको भनाइ छ । 

उनले खबरहबलाई भने, ‘पुनः एक पटक भेटेर कुरा गरौँ भन्नु भएको छ । कहिले बोलाउनु हुन्छ ।’

स्रोतका अनुसार देउवाले पनि पार्टीमा छलफल गरेर प्रधानमन्त्रीलाई पार्टीको धारणा  प्रस्तुत गर्ने मनसाय गरेका छन् । गत फागुन २१ गते कांग्रेस-माओवादीबिचको गठबन्धन टुटेपछि दाहाल र देउवाबीच आज पहिलो पटक भेटवार्ता भएको हो । 

यता प्रचण्डको सचिवालयका अनुसार संसद्‌मा भएको अवरोध हटाउनेबारे पनि व्यापक छलफल भएको छ । पछिल्लो समय कांग्रेसले प्रतिनिधि सभामा  गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरिरहेको छ ।

भेटमा देउवाले पनि सकारात्मक प्रतिकृया दिएको बताइएको छ ।

प्रचण्ड र देउवाबीच भेटवार्ता, के भयो कुराकानी?

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार  १२ : २० बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन