गोलरक्षक एञ्जिलाको सङ्घर्षमा आधारित फिल्म ‘अञ्जिला’ माघमा प्रदर्शनमा आउने  « Khabarhub

गोलरक्षक एञ्जिलाको सङ्घर्षमा आधारित फिल्म ‘अञ्जिला’ माघमा प्रदर्शनमा आउने 


१५ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला राष्ट्रिय टिमकी गोलरक्षक एञ्जिला तुम्बावो सुब्बाको जीवनबाट प्रभावित रहेको चलचित्र ‘अञ्जिला’ आगामी माघ ११ गते प्रदर्शनमा आउने भएको छ ।

सबै पक्षको अनुकूलतालाई मध्यनजर गरी माघमा चलचित्रमा प्रदर्शनमा ल्याउने निर्णय गरेको निर्माण पक्षले जनाएको छ । चलचित्रमा एञ्जिला स्वयंको अभिनय रहेको छ । उनीसँगै दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराललगायतको अभिनय रहने बताइएको छ ।

त्यस्तै, चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठको पनि मुख्य भूमिकामा देखिने भएका छन् । एञ्जिलाको खेलाडी बन्ने सङ्घर्षमा प्रेमकुमारको पनि योगदान रहेको बताइएको छ । निर्देशक मिलन चाम्स भन्छन्, ‘प्रेमले वास्तविक जीवनकै भूमिका फिल्ममा निर्वाह गर्नेछन् ।’

एञ्जिलाको जन्मथलो इलामसहित झापा र काठमाडौं चलचित्रको छायांकन भएको हो । एञ्जिलाको खेलाडी बन्नको सङ्घर्षमा आधारित कथा भए पनि उनको ‘बायोपिक’ भने नभएको निर्माण पक्षको भनाइ छ ।

मुन लभ इन्टरटेनमेन्टको ब्यानरमा बन्ने यो फिल्मका सह निर्माता विनोद अग्रवाल र राजेश बगडिया हुन् ।

याे पनि…

चलचित्र ‘अञ्जिला’को फस्ट लुक पोस्टर सार्वजनिक 

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार  १२ : ३१ बजे

अष्ट्रेलियामा इन्धन आयातमा सरकारी ग्यारेन्टी दिने घोषणा

एजेन्सी– मध्यपूर्वमा भइरहेको सङ्घर्षका कारण प्रभावित आवश्यक वस्तुहरूको आपूर्ति सुनिश्चित

गृहमन्त्रीले भने : भीआईपीका नाममा सडकमा नागरिकलाई सास्ती नदिनू

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले नागरिकलाई सास्ती हुनेगरी मन्त्रीहरूकाे सवारीलाई विशेष

एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल पक्राउ

काठमाडौं – नेकपा एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ

पूर्वराष्ट्रपतिले भनिन्- ओली र लेखकलाई पक्राउ गर्नु बालेन्द्रको अपरिपक्व कदम, प्रतिवेदन कार्यान्वयनमा पुनर्विचार गर्नू

काठमाडौं– विद्यादेवी भण्डारी ले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको

अनेरास्ववियुद्वारा भृकुटीमण्डपमा टायर बालेर प्रदर्शन

काठमाडौं– नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भृकुटीमण्डपमा टायर बालेर