४३९ नेपालीको भागमा जम्मा एक प्रहरी  « Khabarhub

४३९ नेपालीको भागमा जम्मा एक प्रहरी 


१५ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


915
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राष्ट्र संघ (युएन) को मापदण्ड अनुसार कम्तिमा ३३३ जना नागरिकको हकमा एक प्रहरी अनिवार्य हुनुपर्छ । तर नेपालको हकमा ४३९ जनालाई जम्मा एक जना प्रहरीले सुरक्षा गर्नुपर्ने स्थिति छ । 

जनसङ्ख्याको अनुपात अनुसार प्रहरीको संख्या कम भएको प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता भीम ढकालले बताए । 

बिहीबार नेपाल प्रहरीको वार्षिक प्रगति विवरण पेश कार्यक्रममा बोल्दै उनले भने, ‘पछिल्लो समय विदेश जाने मोहले प्रहरी सेवामा समेत आकर्षण घट्दै गएको छ ।  विगत दश वर्षदेखि प्रहरीले एकै जनशक्तिले काम गर्नुपरेको छ ।

२०७० देखि एकै जनशक्ति छ । हाल ७९ हजार ५४१ जम्मा जनशक्ति रहेको छ । जनसंख्या अनुसार थप २५ हजार जनशक्ति आवश्यक रहेको ढकालले बताए ।

 उनी थप्छन्, ‘सुरक्षाको लागि अरु २० हजार जनशक्ति थप गर्नुपर्ने अवस्था छ ।’

हाल पुरुष प्रहरीको ७८.३२ प्रतिशत छ । महिला प्रहरीको संख्या ११.६८ प्रतिशत रहेको छ । खाली दरबन्दी ४.१३ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार  ३ : ४९ बजे

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी