जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ « Khabarhub

जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ


२३ श्रावण २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले कौडा तथा जुवातास खेलिरहेको अवस्थामा २१ जनालाई पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका-२३ धापाखेलस्थित सोही महानगरपालिका-८ पाटन बस्ने ३७ वर्षीय रंजित महर्जनको डाउनटाउन अपार्टमेन्टको ५१० नम्बरको कोठामा कौडा खेलिरहेको अवस्थामा महर्जन लगायत १२ जनालाई नगद ८ लाख ४० हजार रुपैयाँ, कौडा १६ थान, पासा १ सेट र १ बुक तास सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

नवलपरासी(पूर्व), कावासोती नगरपालिका-८ सभापति चोक बस्ने बुद्दी तामाङको घरमा जुवातास खेलिरहेका अवस्थामा कावासोती नगरपालिका-१६ बस्ने ४० वर्षीय रुद्र मल्ल समेत ९ जनालाई नगद ८१ हजार ७  सय ६५ रुपैयाँ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहिबार  १ : १० बजे

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको