जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ « Khabarhub

जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले कौडा तथा जुवातास खेलिरहेको अवस्थामा २१ जनालाई पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका-२३ धापाखेलस्थित सोही महानगरपालिका-८ पाटन बस्ने ३७ वर्षीय रंजित महर्जनको डाउनटाउन अपार्टमेन्टको ५१० नम्बरको कोठामा कौडा खेलिरहेको अवस्थामा महर्जन लगायत १२ जनालाई नगद ८ लाख ४० हजार रुपैयाँ, कौडा १६ थान, पासा १ सेट र १ बुक तास सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

नवलपरासी(पूर्व), कावासोती नगरपालिका-८ सभापति चोक बस्ने बुद्दी तामाङको घरमा जुवातास खेलिरहेका अवस्थामा कावासोती नगरपालिका-१६ बस्ने ४० वर्षीय रुद्र मल्ल समेत ९ जनालाई नगद ८१ हजार ७  सय ६५ रुपैयाँ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  १ : १० बजे

सिरी ‘ए’ विपक्षीको पोस्टमा जेमी भार्डीको दुई गोल

काठमाडौं – सोमबार राति भएको इटालीको सिरी ‘ए’मा क्रेमान्सेले बोलोग्नालाई

लैङ्गिक हिंसा र विद्युतीय अपराध नियन्त्रणका लागि अभियान सुरु

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले लैङ्गिक हिंसा र विद्युतीय अपराध (साइबर

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

डडेल्धुरामा एक हजार ८९२ नयाँ मतदाता थपिए

डडेल्धुरा– डडेल्धुरामा एक हजार ८९२ नयाँ मतदाता थपिएका छन् ।

वर्तमान कांग्रेस कार्यसमतिको म्याद दुई महिना थप

ललितपुर – यही मङ्सिरको २३ गते म्याद सकिन लागेको पार्टीको