गैरकानूनी रुपमा अमेरिका बस्दै आएका ६ सय ८० आप्रवासी कामदार पक्राउ | Khabarhub Khabarhub

गैरकानूनी रुपमा अमेरिका बस्दै आएका ६ सय ८० आप्रवासी कामदार पक्राउ


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकामा गैरकानूनी रुपमा बस्दै आएका करीब ७ सय आप्रवासी कामदार पक्राउ परेका छन् ।

अमेरिकी अध्यागमन अधिकारीहरूले मिसिसिपीका सात वटा कृषिजन्य सामग्री प्रशोधन गर्ने कम्पनीमा छापा हानेर ६ सय ८० जना कामदारलाई बुधबार पक्राउ गरेको इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्टले जनाएको छ ।

ती कम्पनीका व्यापरिक रेकर्डहरू पनि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ।

पक्राउ परेकामध्ये केहीलाई मानवीय कारणले रिहाइ गरिनेछ। उनीहरू अध्यागमन अदालत, न्यायाधीवक्ताको कार्यालयमा उपस्थित हुनु पर्नेछ। बाँकी अरूलाई लुजियानास्थित हिरासत केन्द्रमा राखिनेछ।

पक्राउ परेकाहरू कुन-कुन देशका हुन भन्ने खुलाइएको छैन ।

डेढ महिनाअघि राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लाखौं गैरकानुनी आप्रवासीलाई देश निकाला गर्ने अभियान थालेको थियो।
अमेरिकामा अहिले झन्डै १ करोड २० लाख गैरकानुनी आप्रवासी रहेका छन्। तीमध्ये धेरै मध्य तथा ल्याटिन अमेरिकी मुलुकका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  १ : ५५ बजे

जंगली हात्ती दिउँसै बस्तीमा पसेपछि स्थानीय त्रसित

कञ्चनपुर– कञ्चनपुरको लालझाडी गाउँपालिका–४ स्थित जाई–पर्सिया गाउँमा दिउँसै जंगली हात्ती

युएई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी

पर्यटकका पखाइमा म्याग्दीको पुलाश्रम

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–५ मा अवस्थित पुलाश्रम (पछै) पर्यटकको पर्खाइमा

कार्यस्थलमा छैन स्तनपान कक्ष

चितवन– सरकारले सुत्केरी महिलाका लागि तीन महिना बिदा दिने गरेको

ताप्लेजुङको लामपोखरी पर्यटकको पर्खाइमा

ताप्लेजुङ– ताप्लेजुङको मिक्वाखो गाउँपालिका- ५ लोदेन क्षेत्रस्थित लामपोखरी पर्यटकको पर्खाइमा