चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै | Khabarhub Khabarhub

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै


१६ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

धरान– इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

इटहरी रङ्गशालामा बिहीबार राति भएको सेमिफाइनलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज उपाधिका निम्ति आर्मीसँग भिड्ने पक्का भएको हो । चर्च ब्वाइज झापा गोल्डकप विजेता टोली हो । यो टोली इटहरी गोल्डकपको अघिल्लो संस्करणको उपविजेता हो । 

चर्च ब्वाइजका लागि समीर तामाङले खेलको अन्तिम समयमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ८९ औँ मिनेटमा निर्णायक गोल गरेका थिए । उनी खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार हात पारेका छन् । उपाधिका निम्ति भोलि चर्च ब्वाइज र आर्मीबीच स्पर्धा हुनेछ ।

गत बुधबार राति त्रिभुवन आर्मी साबिक विजेता मोरङको सगरमाथा क्लबलाई पेनाल्टी सुट आउटमा २–१ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो । फाइनल खेल जित्नेलाई नगद रु १० लाख र उपविजेतालाई रु पाँच लाख प्रदान गरिनेछ ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ६ : २६ बजे

पद नै जानेगरी सरकारको विरोधमा के भनेका थिए चिरञ्जीवी नेपालले ?

काठमाडौं – गत वैशाख २० गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले

देउवासँग वार्तापछि राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री

काठमाडौं- संसद्मा गतिरोध कायम रहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले

कोइली खोलाले बगाउँदा एक जनाको मृत्यु

चन्द्रौटा– कपिलवस्तुको वाणगङ्गा नगरपालिका–७ मा कोइली खोलाले बगाउँदा एक जनाको मृत्यु

कांग्रेसको संसदीय दलको बैठक सोमबार बस्दै

काठमाडौं– नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक सोमबार

बर्बरिकले फुकाएको त्यो महाभारतको गाँठो

कुनै विषयलाई लिएर कसैसँग झगडा भयो भने महाभारत नै भयो