पहिलो खेलमा पराजित नेपाल आज आयरल्यान्डविरुद्ध दोस्रो खेल खेल्दै « Khabarhub

पहिलो खेलमा पराजित नेपाल आज आयरल्यान्डविरुद्ध दोस्रो खेल खेल्दै


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शुक्रबार भएको पहिलो टी-२० सिरिजमा आयरल्याण्ड ‘ए’ सँग पराजित नेपाल ‘ए’ले शनिबार दोस्रो खेल खेल्दैछ। यो खेल शनिबार दिउँसो १ बजे कीर्तिपुरस्थित टियु मैदानमा सुरु हुनेछ।

घरेलु मैदानमा पहिलो खेलमा लोकेश बमले शतक प्रहार गर्दासमेत पराजित भएको नेपाल दोस्रो खेलमा जितको लक्ष्यसहित मैदानमा उत्रिने छ।

शुक्रबार आयरल्याण्ड ‘ए’ले दिएको २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा २ सय १ रनमा अलआउट भयो।

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार गरे पनि टिमको हार टार्न सकेनन्। ५६ बलमा ९ चौका र ८ छक्का प्रहार गर्दै १ सय ६ रनमा लोकेश आउट भएपछि नेपालको इनिङ धर्मरायो।

नेपाललाई बलियो स्थितिमा पुर्याउन लोकेशसँग साझेदारी गरेका आरिफ शेख ४९ रनमा आउट हुँदा अन्य ब्याट्सम्यान टिक्नै सकेनन्।

नेपाल ‘ए’ का कप्तान विनोद भण्डारीले १६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। अर्जुन घर्ती ३, किरन ठगुन्ना २, बसिर अहमबेद ३ रनमा आउट भए।

देव खनाल, रासिद खान, कमल ऐरी र हेमन्त धामी शून्य रनमा आउट भए। सागर ढकाल १ रनमा नटआउट रहे।

यसअघि टस जितेर पहिला बलिङ गरेको नेपालका कमल ऐरीले ३ विकेट लिए। चोटका कारण २ वर्ष मैदान बाहिर रहेका ऐरीले पहिलो ओभरमा नै विकेट लिएका थिए। सागर ढकाल र आरिफ सेखले एक-एक विकेट लिए।

नेपाल र आयरल्यान्ड ‘ए’ले तीन तीन खेलको टी-२० र एक दिवसीय सिरिज खेल्नेछन्। टी-२० सिरिजको अन्तिम खेल सोमबार हुनेछ। पहिलो खेल पराजित नेपालमाथि बाँकी दुवै खेल जित्नुपर्ने दबाब छ।

नेपाल र आयरल्याण्ड ‘ए’को एक दिवसीय सिरिज भने चैत २१ गते सुरु हुँदैछ। एक दिवसीय सिरिजको दोस्रो खेल चैत २३ र फाइनल चैत २५ गते कीर्तिपुर मैदानमै हुनेछ।

आयरल्याण्ड ‘ए’ले राष्ट्रिय टिमसँग यसअघि दुई खेलको टि-२० सिरिज खेलिसकेको छ। उक्त सिरिजमा नेपाल विजयी भएको छ। दुवै खेलमा नेपालले शानदार जित निकाल्दै सिरिज उचालेको हो।

 

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ६ : २६ बजे

विपद्का घटनामा परी वैशाखयता १ सय ३६ जनाको मृत्यु, ६ सय बढी घाइते 

काठमाडौं– वैशाख १ गतेदेखि असार २२ गतेसम्म देशभर भएका विभिन्न

निर्माण सामग्रीको मूल्य ५.३३ प्रतिशतले बढ्यो

काठमाडौं– राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘निर्माण क्षेत्रको आगत मूल्य

ट्रम्पद्वारा इटालीकी प्रधानमन्त्री मेलोनीमाथि टिप्पणी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीलाई

स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्यमन्त्री मेहता

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक

उठ्नै सकेन नेप्से, सबै समूह भए राताम्य 

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकार बनेदेखि औसत रूपमा तल झरेको