‘पुजार सार्की’ : ‘मेघराज खत्री’ बन्दा यस्तो देखिए पल  « Khabarhub

‘पुजार सार्की’ : ‘मेघराज खत्री’ बन्दा यस्तो देखिए पल 


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मल्टिस्टारर चलचित्र ‘पुजार सार्की’मा नायक पल शाह  ‘मेघराज खत्री’ को भूमिकामा देखिने भएका छन् । निर्देशक दिनेश राउतले शनिबार पलको चरित्र खुल्ने तस्बिर सार्वजनिक गर्दै उनको भूमिकाबारे जानकारी दिएका हुन् । 

पल मेघराजको भूमिकामा काँधमा बन्दुक बोकेर नदी किनारामा हिँडिरहेका देखिन्छन् । शिरमा भादगाउँले टोपी लगाएका उनले जरिकोट नभएको कोट, कमिज र पाइन्ट लगाएका छन् । 

यसअघि निर्माण पक्षले नायक आर्यन सिग्देल र प्रदीप खड्काको पात्रबारे जानकारी दिइसकेको छ । 

निर्देशक राउतले चलचित्रलाई जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथा रहेको बताएका छन् । उनले मेगराजले के कस्तो सङ्घर्ष गर्नुपरेको छ, त्यो थाहा पाउन प्रतीक्षा गर्न दर्शकलाई आग्रह गरेका छन् । 

केही दिनमा चलचित्रको प्रदर्शन मिति तोक्ने तयारीमा निर्माण पक्ष रहेको बुझिएको छ । तीन नायक बाहेक अन्जना बराइली र परीक्षा लिम्बूको पनि मुख्य भूमिकामा रहने बताइएको छ । 

किङ्गडम नेटवर्कको ब्यानरमा बन्ने यस विकास सुवेदीले लेखेका हुन् भने  सुभास भुसालको लगानी रहने छ ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  १२ : ४५ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात