गृहमन्त्री प्रकरणमा छानबिन समिति बनाउनुपर्ने कांग्रेसको अडान कायमै   « Khabarhub

गृहमन्त्री प्रकरणमा छानबिन समिति बनाउनुपर्ने कांग्रेसको अडान कायमै  


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कायम राखेको छ । 

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कायमै राखेको कांग्रेस सचेतक सुशीला थिङले बताइन् । 

आज सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतक र सचेतकहरूसँग गरेको छलफलमा थिङले आफूहरूले सो अडान कायम राखेको खबरहबलाई बताइन् । 

उनले भनिन, ‘हरेक घटनामा यस्तो अभ्यास छ । हाम्रो माग संसदीय छानबिन समिति बनाउनुपर्ने नै हो ।’ 

उनले कांग्रेसले भोलि पदाधिकारी बैठक बसेर अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल हुने समेत बताइन ।

थिङका अनुसार प्रतिनिधिसभा अवरुद्ध गरिरहने या अगाडि बढाएर आफ्नो अडानलाई निरन्तरता दिने भन्ने विषय भोलि बस्ने कांग्रेस पदाधिकारी बैठकले निर्धारण गर्ने छ ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  १ : २४ बजे

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो