आयरल्याण्ड वोल्भ्ससँग नेपाल ए को लगातार दोस्रो हार « Khabarhub

आयरल्याण्ड वोल्भ्ससँग नेपाल ए को लगातार दोस्रो हार


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  आयरल्याण्ड वोल्भ्सले नेपाल ए विरुद्धको टी-२० सिरिज एक खेल अघि नै जितेको छ । शनिबार सम्पन्न सिरिजको दोस्रो खेलमा ४०  रनले नेपाल ए माथि जित हासिल गर्दै आयरल्याण्ड वोल्भ्सले ३ खेलको सिरिज २-० ले जितेको हो ।

आयरल्याण्ड वोल्भ्सले दिएको २२५ रनको विशाल लक्ष्य पछाएको नेपाल ए ले १७.५ ओभरमा अल आउट हदै १८४ रन बनाएको थियो ।

नेपालका लागि सर्बाधिक रन देव खनालले बनाए । देव २५ बलमा ४७ रन बनाएर आउट भए । त्यस्तै बसिर अहमदले २७ रन बनाए भने कप्तान विनोद भण्डारीले २६, लोकेश बमले २५, आरिफ सेखले १४, पवन सराफले १० रन बनाए ।

त्यसैगरी आयरल्याण्ड वोल्भ्सका बलर बेन ह्वाइटले ३ विकेट लिए भने फिओन हान्ड र थोमस मायेसले २-२ तथा माथ्यु फोस्टरग्यारेथ डेलानीले एक एक विकेट लिए ।   

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको आयरल्याण्ड वोल्भ्सले २० ओभरमा ६ विकेट गुमाउँदै २२४ रन बनाएको हो ।

आयरल्याण्ड वोल्भ्सका लागि कप्तान निल रकले सर्वाधिक ७१ रन बनाएका थिए भने पिटर मूरले सर्वाधिक ६५ रन बनाएका थिए । त्यसैगरी जेम्स म्याकोलमले २६, फिओन हान्डले १९, रोज अदैरले १७ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर सागर ढकालले ३ विकेट लिए भने कमल सिंह ऐरी र पवन सराफले एक एक विकेट लिएका थिए ।

यस अघि शुक्रबार सम्पन्न खेलमा आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई २१ रनले पराजित गरको थियो । योसँगै आयरल्याण्ड वोल्भ्सले तीन खेलको सिरिजमा २-० को अग्रता हासिल गरको छ र सिरिज जितेको पनि छ । अब सिरिजको अन्तिम खेल सोमबार हुने छ ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ४ : ४१ बजे

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा