शे-फोक्सुण्डोमा बाह्रवर्षे मेला लाग्दै « Khabarhub

शे-फोक्सुण्डोमा बाह्रवर्षे मेला लाग्दै


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

डोल्पा– हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुण्डो गाउँपालिकामा बाह्रवर्षे शे-मेला लाग्ने भएको छ । वडा नं ३ मा पर्ने साल्दाङस्थित शेल गुम्बामा आगामी भदौ महिनाको १६ गतेदेखि १९ गतेसम्म मेलाको आयोजना गर्न लागिएको हो ।

‘दर्शन शेल रिवो डुग्ड्राको, आर्जन विश्वशान्ति’ भन्ने मूल नाराका साथ ६७ औँ मेला सञ्चालन गरिने गाउँपालिकाका उपाध्यक्ष पेमा वाङ्छेन गुरुङले जानकारी दिए ।

प्रत्येक बाह्र वर्षमा एकपटक लाग्ने मेलाले विश्वशान्तिको आह्वानसँगै डोल्पा जिल्लाको प्राकृतिक, धार्मिक तथा सांस्कृतिक पहिचान झल्काउने उपाध्यक्ष गुरुङले बताए। 

‘यो मेलाबाट सामाजिक एकता एवं सद्भाव कायम गर्नुका साथै ऐतिहासिक तथा पुरातात्विक सम्पदाको विश्वसामु प्रचार हुने अपेक्षा छ’, उपाध्यक्ष गुरुङले भने,  ‘त्यतिमात्र नभई पर्यटकीय सम्भावना बोकेको डोल्पाका पर्यटकीयस्थलको  चिनारी स्थापित गर्नेछ ।’

रिवो डुग्ड्राको धार्मिक ढोका खुलाउने जिक्तेन गोन्पो रिन्छेन पलका शिष्य तपस्वी डुपतोप सिङ्गे यिशेको सम्मानस्वरुप लाग्ने यो मेलाबाट समग्र डोल्पो दर्शन बुझ्न सकिने आयोजकको भनाइ छ ।

यस ऐतिहासिक मेला हेर्न शे–फोक्सुण्डो गाउँपालिका आउनका लागि उहाँले सबैलाई आग्रह गरे। मेलामा स्थानीय संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम प्रस्तुतिका साथै बौद्ध गुरु क्याब्जे मेन्री पोन्लोप रिन्पोछे र धर्मगुरु क्याब्जे ग्याङ्खाङ खेन्टुल रिन्पोछेले धार्मिक प्रवचन दिने कार्यक्रम  छ ।

त्यसैगरी ३७ औँ ड्रिकुङ्ग क्याबगोन चेतसाङ्ग रिन्पोछेबाट फोवा उपदेश दिने शेल्री  डुग्ड्राको परिक्रमा गरिने पनि आयोजकले जनाएको छ । 

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ५ : २१ बजे

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्ड, फ्रान्स र स्पेन भिड्ने

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

सुनसरी– सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष विभिन्न प्रजातिका

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइलनमा

काठमाडौँ – फिफा विश्वकपमा स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइलनमा पुगेको छ

किसानलाई अनुदानमा कृषि सामग्री वितरण

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले यहाँका किसानलाई ९२