गुलसनले उत्कृष्ट बलिङ गर्दा ९८ रनमै रोकियो गुजरात « Khabarhub

गुलसनले उत्कृष्ट बलिङ गर्दा ९८ रनमै रोकियो गुजरात


१८ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गुलसन झाले उत्कृष्ट बलिङ गरेपछि त्रिकोणात्मक टी–२० सिरिजमा गुजरातले नेपाललाई सामान्य रनको लक्ष्य दिएको छ । गुलसन एक्लैले चार विकेट लिएको खेलमा गुजरातले १८.२ ओभर खेल्दा सबै विकेट गुमाएर ९८ रन मात्र बनाउन सक्यो ।

टस जितेर पहिले फिल्डिङ रोजेको नेपालका लागि गुल्शनले चार र करण केसीले तीन विकेट लिए भने सोमपाल कामीले एक विकट लिए ।

दुई विकेट रन आउट हुँदा गुजरातले १८.२ ओभरमा ९८ रन मात्र बनाउन सक्यो । ९९ रनको लक्ष्य पाएको नेपाल केही बेरमा जवाफी ब्याटिङमा उत्रिनेछ ।

नेपाल, गुजरात र बरोडाबीच आजबाट सुरु भएको त्रिकोणात्मक सिरिज डबल राउण्ड रोबिनमा हुनेछ ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ४ : ३६ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले