गृहमन्त्रीले उजुरीलाई चिर्कटोको संज्ञा दिएपछि कांग्रेसले भन्यो -‘ताम्रपत्र कि स्वर्णपत्रमा लेख्ने’ | Khabarhub Khabarhub

गृहमन्त्रीले उजुरीलाई चिर्कटोको संज्ञा दिएपछि कांग्रेसले भन्यो -‘ताम्रपत्र कि स्वर्णपत्रमा लेख्ने’


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज पनि प्रतिनिधिसभा बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगी सम्बन्धी आरोपबारे छानबिनका लागि समितिको माग गरेको छ ।

प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद प्रतिमा गौतमले गृहमन्त्री लामिछानेमाथि लागेको सहकारी ठगी सम्बन्धी आरोपमा कुनै संलग्नता नभए संसदीय छानबिन समिति बनाउन डराउन नपर्ने बताइन् ।

उनले सरकार सहकारी पीडितलाई न्याय दिने पक्षमा भन्दा पनि उनीहरूलाई घरको न घाटका बनाउने ठगहरूलाई बचाउने पक्षमा उद्धत भएको सांसद गौतमको आरोप थियो ।

प्रधानमन्त्रीले संसदमा आएर गृहमन्त्रीमाथि परेको उजुरी कानूनी हिसाबले मुद्दा गर्न अयोग्य भएको फैसला गर्नु दुर्भाग्यपूर्ण भएको सांसद गौतमको भनाई थियो ।

आरोपी गृहमन्त्री लामिछानेले आफूलाई परेको उजुरीलाई चिर्कटोको संज्ञा दिएको भन्दै उजुरी कागजमा वा ताम्रपत्र कि स्वर्णपत्रमा लेख्ने हो भन्दै प्रश्न गरिन ।

गृहमन्त्रीको राजीनामा माग गर्दै संसद अवरुद्ध गर्दै आएको नेपाली कांग्रेसले हिजोदेखि गृहमन्त्रीको विरोध गर्ने तर संसद चल्न दिने नीति लिएको छ ।

सोही नीति अनुसार बैठक प्रारम्भ हुँदा बित्तिकै कांग्रेसले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुखले कांग्रेसलाई आफ्नो धारणा राख्न समय दिएका हुन् ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  १२ : ०९ बजे

तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको

पूर्वमा ‘जारी २’को प्रि-बुकिङमा चाप

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आउन लागेको उपेन्द्र सुब्बा

झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आज माओवादी

च्याम्पियन्स लिग : लिभरपुलले रियल म्याड्रिडलाई हरायो

काठमाडौं – च्याम्पियन्स लिगमा लिभरपुलले रियल म्याड्रिडलाई हराएको छ। गएराति

करिब ५५ लाख रुपैयाँ बराबरको ‘फ्रोजन फ्रेन्च फ्राइज’ अमेरिका निर्यात

काठमाडौं– भैरहवा भन्सार कार्यालयमार्फत ५४ लाख ८८ हजार एक सय