महाजात्राको सुटिङ किस्सा : तीन नायकलाई निल डाम बस्ने गरि कसले हान्यो ? « Khabarhub

महाजात्राको सुटिङ किस्सा : तीन नायकलाई निल डाम बस्ने गरि कसले हान्यो ?


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


19.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन र लेखन रहेको चलचित्र ‘महाजात्रा’ सुपरहिटको ‘ट्याग’ पाउँदै दोस्रो हप्तामा प्रदर्शनरत छ । उनले फिल्म हिट भएपछि छायांकनको दुख भुल्ने बाहान मिलेको भन्दै एउटा घटना सेयर गरेका छन् । 

निर्देशक भट्टराईले भनेको घटना तीन नायक विपिन कार्की, रविन्द्रसिंह बानियाँ र रवीन्द्र झाले कुटाइ खाने सिन छायांकन गर्दाको हो । फिल्ममा शिशिर वाङ्देलले बोरामा भित्र रहेका यी तीन नायकलाई लौरोले कुटेको दृश्य छ । 

सामान्यतयाः अनुहार नदेखिने यस्तो दृश्यमा अन्य कलाकारको सहयोग लिइन्छ । अलि जोखिम किसिमको छ भने त ‘स्टन्ट म्यान’ कै प्रयोग गरिन्छ ।’

तर कुटाइ मात्र खाने सट भएकाले तीन कलाकार बोराभित्र बस्न तयार भएको प्रदीप सो अनुभव सुनाउँछन् । फिल्ममा प्रयोग हुने नक्कली लौरोले पिट्दा कति दुख्छ भन्ने अनुभव लिन पहिले आफैँले  ‘डेमो’ लिएको उनी बताउँछन् । 

उनी थप्छन्, ‘विपिन सर अनि रबिन्द्र बानियाँ सर मान्नुभयो रवीन्द्र झा सर सुरुमा हामी बस्नुपर्छ र रु भन्दै हुनुहुन्थ्यो पछि ठट्टा गर्दै मेकअप गरेर मात्र छिर्छु भन्नुभयो र मान्नुभयो ।’

आफूले डेमो लिँदा लौरोले पिट्दा कम दुखाइ महसुस भए पनि वास्तविक सुटिङ हुँदा कलाकारले निल डाम बस्ने गरी पिटाइ खाएको घटना उनले सेयर गरेका हुन् । 

उनले आभार व्यक्त गर्दै नायकहरूको निल डाम देखिने तस्बिर सेयर गर्दै भनेका छन्, ‘तीन नायकहरूले अलि अलि दुख्यो भन्नुभयो तर त्यस्तो दुख्दा पनि सिन भनेजस्तो होस भनेर चोट सहने तीन लिजेन्ड हिरोहरुलाई धेरै धेरै धन्यवाद ।’

उनले सो दृश्य छायांकनको भोलिपल्ट लिएको दुई रविन्द्रको तस्बिर मात्रै सेयर गरेका छन् । विपिनको तस्बिर चाहिँ हराएको बताएका छन् । यद्यपि विपिनको पनि चार वटा सुम्ला बसेको निर्माण पक्ष बताउँछ ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  २ : ०५ बजे

कालिमाटीको आलु काउली र लौकामा भेटियो अत्यधिक मात्रामा विषादी, नष्ट गर्न निर्देशन

काठमाडौं– कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाको विषादी अवशेष द्रुत विश्लेषण

गर्मीकै कारण फ्रान्समा थप एक हजार जनाको मृत्यु

पेरिस– पश्चिमी युरोपको ठूलो भागमा उष्ण लहरका कारण अपेक्षा गरिएभन्दा

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ पारित भएको छ ।   आइतबार

सदनमा अर्थमन्त्रीको जवाफ- विदेश पढ्न जाने विद्यार्थीका लागि मुद्रा सटही शुल्क उचित छ, कर तिर्नैपर्छ 

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रबाट सङ्कलन

पोखरामा २१ औँ रोपाइँ महोत्सव (तस्बिरहरू)

पोखरा– कास्कीको लेखनाथस्थित शिशुवामा पोखरा पर्यटन परिषद्ले आयोजना गरेको २१औँ रोपाइँ