‘हल्का रमाइलो’मा सहकारीपीडितको पीडा « Khabarhub

‘हल्का रमाइलो’मा सहकारीपीडितको पीडा


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मरिचमान श्रेष्ठ (बल्छी धुर्बे’को लेखन तथा निर्देशन रहेको टेलिसिरियल ‘हल्का रमाइलो’ पछिल्लो समय लोकप्रिय छ । पछिल्लो भागमा यस सिरियलले मुलुकमा विद्यमान समस्या सहकारी ठगीको विषयलाई उठान गरेको छ ।

भाग २२४ मा बल्छीले सहकारीले कसरी वित्तीय साक्षरता कम भएका जनतालाई ठगी गर्छ भन्ने कुरा देखाउने प्रयास गरेका छन् । सहकारीका मालिकको गलत नियतले समुदायमा कस्तो असर पार्छ यो सिरियलले छर्लङ्ग पारेको छ ।

सिरियल हेरेर सन्तोष कार्की प्रतिक्रिया दिन्छन्, ‘आज हल्का रमाइलो हेरेर नराम्रो लाग्यो । मलाई आफ्नै पुरानो दिन याद आयो ।’

त्यस्तै आशोक कुँवर लेख्छन्, ‘अहिलेको जल्दोबल्दो विषयवस्तुमा आधारित पीडाको कथा ।’

सहकारीको मालिकको गलत नियतले बचतकर्ता मात्रै होइन स्थानीय कर्मचारीले भोग्नु परेको सास्तीलाई समेत देखाइएको छ । स्थानीय कर्मचारीको भूमिकामा भने बल्छी र पुजन घिमिरे (पुकु) देखिएका छन् ।

उच्च ब्याजदरको प्रलोभनले वृद्ध–वृद्धा र गृहिणीको पैसा सहकारीले ठगेको विषयलाई सिरियलमा सशक्त ढंगले प्रस्तुत गरिएको छ ।

‘सरकारले अस्पतालमा गएर आँखा र कान जँचाउनुपर्‍यो के । न हामीले भनेको सुन्छ न हेर्छ ।’ जस्ता पीडितका संवादले कथा झन् पेचिलो बनेको छ ।

बचत रकम राख्नुअघि सहकारीको विश्वसनीयता बुझ्नु पर्ने पाटोमा सिरियलमार्फत सचेत गराउन खोजिएको छ ।

ठगीको सिकार भएपछि शान्तिपूर्ण धर्ना गर्नुपर्ने भन्दै प्रहरी प्रशासनले पीडितलाई थप दुख दिएको दृश्यले कथालाई थप मार्मिक बनाएको छ ।

हेर्नुहोस् भिडियो :

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ५ : ०७ बजे

बाढी प्रभावितका लागि आर्य फार्मेसीद्वारा औषधि सहयोग

काठमाडौं– बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत

चितवनमा सङ्कलित शव समाधिस्थ गरिने

चितवन– रसुवाको भोटेकोशी बाढीमा मृत्यु भई बगेर चितवनसम्म पुगेका शव

भोटेकोशी बाढी : जलविद्युत सुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन

काठमाडौँ– सुनकोशी बाढीपछि त्रिशूली थ्रि ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।