म्यानमार-चीन सीमाबाट आठ सय बढी ठगीकर्ता पक्राऊ | Khabarhub Khabarhub

म्यानमार-चीन सीमाबाट आठ सय बढी ठगीकर्ता पक्राऊ


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

याङ्गोन म्यान्मारस्थित चीनको राजदूतावासले म्यान्मार र चीनको संयुक्त प्रहरी अपरेसनमा इन्टरनेटमा आधारित सीमापार संगठित अपराध (स्क्यामिङ) मा संलग्न आठ सय भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको जानकारी गराएको छ । 

चीन र अन्य देशका नागरिकलाई प्रलोभनमा पारी सीमाक्षेत्रमा बन्धक बनाएर ठगीका काम गर्न बाध्य पारिएको भेटिएको छ । इन्टरनेटमा आधारित यस धन्धाको व्यवसाय अर्बौं डलरको रहेको अनुमान गरिएको छ । 

त्यस्ता प्रकारको अपरेसनहरू गर्न बेइजिङले म्यान्मारको सैनिक सरकारलाई निरन्तर आग्रह गरिरहेको थियो । 

चीन सरकारले आफ्ना म्यानमार समकक्षीलाई म्यान्मारको शान राज्यमा भइरहेका संगठित अपराध र ठगीका बारेमा जानकारी गराएको थियो ।

म्यान्मार प्रहरीले विज्ञप्ति मार्फत सीमापार अपराधमा संलग्न भएको आरोपमा आठ सय जनालाई पक्राउ गरेको र उनीहरुबाट कम्प्युटर, मोबाइल फोन बरामद गरेको उल्लेख गरेको छ । पक्राउ परेकामध्ये तीन सय ५२ जना चिनियाँ नागरिकलाई आइतबार नै चीन पठाइएको छ । पक्राउ परेका अन्य व्यक्तिहरु सबै म्यान्मारका नागरिक हुन् ।

म्यान्मारको सीमाक्षेत्रमा कम्तिमा एक लाख २० हजार मानिसलाई बन्धक बनाएर विभिन्न गैरकानुनी धन्धामा संलग्न गराएको भन्दै गत वर्ष संयुक्त राष्ट्र मानव अधिकार कार्यालयले जानकारी दिएको थियो ।

विद्रोहीहरुको कब्जामा रहेको शान राज्यको लउकाई शहरमा ती मानिसलाई बन्धक बनाएको पाइएको छ । जातीय अल्पसंख्यक सशस्त्र समूहहरूले संगठित अपराध गर्ने ठाउँहरुलाई ध्वस्त बनाउने जानकारी गराएका छन् । 

गत वर्ष मात्र म्यान्मारमा साइबर अपराधमा भाग लिएका शंकास्पद ४० हजार भन्दा बढी व्यक्तिलाई चीन पठाइएको चिनियाँ सरकारी सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ५ : ४९ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित