चीनमा पनि ६० किलो सुनकाण्ड ! « Khabarhub

चीनमा पनि ६० किलो सुनकाण्ड !


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय नेपालमा सुन तस्करीका घटना बढेका छन् । ठूला नेताहरु नै काण्डका मुछिएका र समातिएका छन् । खास गरी चीनबाट नेपालमा अबैध सुन आउने र भारततिर लैजाने गरिएको सुरक्षा निकायको विश्लेषण छ ।

उता जहाँबाट नेपालमा अबैध सुन भित्रँदैछ भनेर चर्चा हुने गर्छ, त्यही उत्तरी छिमेकी चीनमा पनि सुनको ठगी धन्दा र अनियन्त्रित बजारको संकट बढ्दै जान थालेको पाइएको छ ।

पछिल्लो समय चीनमा स्टक मार्केट कमजोर बनेको छ । सेयर मार्केटको मन्दीसँगै मध्यम वर्गीय लगानीकर्ताहरुले आफ्नो सम्पत्ति कसरी सुरक्षित गर्ने भन्ने उपायहरु खोज्न थालेका छन् । यसक्रममा चीनमा सुनको कारोबार र मूल्य ह्वात्तै बढेको छ । यसक्रममा सुनसँग सम्बन्धित घोटाला र काण्डहरु पनि बाहिर आएका छन् ।

यसै महिनाको सुरुमा बेइजिङस्थित प्रशिद्ध सुन ब्राण्डको फ्रेन्चाइजीले ७० भन्दा बढी लगानीकर्ताहरुबाट ६० किलो सुन ठगी गरेको आरोपमा मुद्दा चलाइएको छ ।

केही पीडितहरुको दाबा छ कि उनीहरुले सन् २०१६ मा करिब ३५० युआन प्रतिग्रामका दरले सुनमा लगानी गरेका थिए । पसलेले भविश्यमा उनीहरुले गरेको खरीद फिर्ता लिने वचन दिएका थिए ।

अन्य कतिपय प्रान्तका स्थानीयको गुनासो छ कि उनीहरुले किनेको सुनका गहनामा अधिकांश चाँदी र रेनियम पाइएको छ । सरकारी टेलिभिजन सीसीटीबीको एक रिपोर्ट अनुसार चीनको पूर्वी प्रान्त झेझियाङमा एक उपभोक्ताले ४५ ग्राम सुन किन्दा केवल १० ग्राम मात्रै शुद्ध सुन पाइएको छ ।

चीनमा कमजोर सेयर मार्केट र बढ्दो आर्थिक संकटले गर्दा वैकल्पिक लगानीका रुपमा सुनलगायतका महंगो धातु खरीदमा मध्यमवर्गको रुची बढेको त्यहाँका समाचार संस्थाहरुले जनाएका छन् । हाल बढिरहेको आर्थिक मन्दी, कम व्याजदर र विदेशी लगानीमा सीमित पहुँचका कारण चीनमा सुनको खरिद बढेको हो ।

‘सुन पक्कै पनि महंगो छ, तर यो सम्भवतः अझै बढ्दै जान सक्छ,’ ग्वाङझाउस्थित एक व्यापारीलाई उधृत गर्दै साउथ चाइना मर्निङ पोस्टले लेखेको छ, ‘हामीले हाम्रा घर, सेयर र अधिकांश वित्तीय उत्पादनहरुमा पैसा गुमायौं ।’

वल्र्ड गोल्ड काउन्सिलका अनुसार चीनमा घरेलु सुनका गहनाको खपत सन् २०२३ मा २८२ बिलियन युआन अर्थात ३९ बिलियन डलरको रेकर्ड कायम भएको थियो । यो उच्च स्तरको माग हो । काउन्सिलको दाबी अनुसार सन् २०२४ मा यो अझै बढ्ने छ ।

एक स्वतन्त्र वित्तीय मिडिया कम्पनीद्वारा नयाँ मध्यमवर्गबारे गरेको अध्ययन अनुसार चीनका लगभग ११.७ प्रतिशत मध्यमवर्गीय परिवारले पछिल्लो वर्ष प्राथमिक आर्थिक उत्पादनका रुपमा सुन खरीद गरेका छन् । बजारमा १० ग्राम भन्दा कम सुन खरीद गर्ने क्रम बढेको छ ।

रिपोर्ट अनुसार सन् १९९६ देखि २०१० को बीचमा जन्मिएका चिनियाँहरुले बढी सुन किन्ने योजना बनाएको पाइएको छ । सुनलाई उनीहरु सम्पत्तिको सुरक्षण ठान्छन् । सुन पसलहरु पहिले भन्दा साना शहर, काउन्टी, सपिङ सेन्टर र सडकसम्म देखिन थालेका छन् ।

सुनको खुद्रा मूल्य पनि पछिल्ला वर्षहरुमा ह्वात्तै बढेको छ । चिनियाँहरुले रियल स्टेट वा सेयर बजार भन्दा सुनमा गरिने लगानीलाई सुरक्षित मान्न थालेका छन् । तर, मध्य बेइजिङमा सुन पसल बन्द भएका छन्, जसका कारण उनीहरुले सुनको खरीद फिर्ता पाउन असमर्थ भएका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ७ : ०० बजे

विश्वकपमा गुलाबीको बुटको फेसन

काठमाडौं – जारी फिफा विश्वकप एउटा नयाँ ट्रेन्डले चर्चा पाएको

कर्णाली दुर्घटना : सोनार क्यामरा र चुम्बकसहित १० गोताखोरबाट खोजी सुरु

दैलेख- सुर्खेतबाट कालिकोटतर्फ जाँदै गर्दा कर्णाली राजमार्गको दैलेखस्थित चामुण्डा बिन्द्रासैनी

विश्वकप लिग-२ खेल्ने नेपाली टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं- नेदरल्यान्ड्समा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक

पत्रकार महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह- नाजायज र गैरकानुनी कुरा बोकेर मन्त्रालयमा नआउनुहोला

ललितपुर– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका समस्या

घरेलु तथा साना उद्योग महासङ्घको २६औँ महाधिवेशन प्रारम्भ

काठमाडौं– लघु, घरेलु तथा साना उद्यमीहरूको छाता सङ्गठन नेपाल घरेलु