तनहुँमा आठ फिट लामो अजिङ्गरको उद्धार « Khabarhub

तनहुँमा आठ फिट लामो अजिङ्गरको उद्धार


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँको व्यास नगरपालिका–१३ बेलबासमा आठ फिट लामो अजिङ्गरको आज उद्धार गरिएको छ । डिभिजन वन कार्यालय तनहुँका कर्मचारीको सहयोगमा अजिङ्गरको उद्धार गरिएको हो ।

उक्त ठाउँमा केही समय पहिलादेखि अजिङ्गर देखिन थालेको स्थानीयबासी मेघनाथ आचार्यले जानकारी दिए । अजिङ्गर घाइते अवस्थामा रहेकोले उद्धार पश्चात डिभिजन वन कार्यालयमा सुरक्षित राखिएको डिभिजन वन कार्यालयका कर्मचारी अर्जुनकुमार श्रेष्ठले जानकारी दिए ।

उद्धार गरिएको अजिङ्गरलाई सुरक्षित रुपमा सामुदायिक वनमा छाडिने बताइएको छ । “स्थानीयबासीले केही समय पहिलादेखि उक्त अजिङ्गर यस क्षेत्रमा देखिएको जानकारी दिनुभएको थियो”, वन कार्यालयका कर्मचारी श्रेष्ठले भने, “आज पनि देखिनेबित्तिकै खबर गरेपछि हामीले उद्धार गरेर ल्याएका छौँ ।”

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ८ : ३० बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी