मुम्मबईमाथि राजस्थान रोयल्सको शानदार जित « Khabarhub

मुम्मबईमाथि राजस्थान रोयल्सको शानदार जित


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


831
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राजस्थान रोयल्सका बलरसामू टिक्न नसक्दा मुम्बई इन्डियनले तेस्रो खेलमासमेत खाता खोल्न सकेन। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्गर्तत सोमबार राति भएको खेलमा राजस्थानलाई १२६ रनको सामान्य लक्ष्य दिएको मुम्बई ६ विकेटले पराजित भएको छ।

वानखडे स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले पूरै २० ओभर खेल्दा ९ विकेट गुमाएर १२५ रन मात्र बनाएको थियो।

मुम्बईको इनिङलाई धराप पार्न राजस्थानका लागि ट्रेन्ड बोल्ड र युजवेन्द्र चहाले तीन तीन विकेट हात पारे। ट्रेन्ड बोल्डले रोहित शर्मा, नमन धीर र डेवाल्स ब्रेविसको विकेट लिएका थिए। उनीहरू खाता खोल्न नपाउँदै शून्यमै आउट भए। नान्द्रे बर्गरले २ विकेट लिँदा आवेश खानको नाममा १ विकेट रह्यो।

मुम्बईका लागि कप्तान हार्दिक पाण्डेले सर्वाधिक ३४ रन बनाए। २१ बल खेलेका उनले ६ चौका प्रहार गरे। तिलक बर्मा ३२, टिम डेविड १७ र इशान किशानले १६ रन बनाउँदा जसप्रीत बुमराह ८ र आकाश मधवाल ४ रनमा अविजत रहे।

१२६ रनको लक्ष्य पछ्याएको राजस्थानका लागि रियान परागले नटआउट ५४ रनको अर्धशतकीय पारी खेले। अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन नगरे पनि मुम्बईले दिएको सामान्य लक्ष्य राजस्थानले सहजै भेटेको हो।

उसका लागि रविचन्द्रन आश्विन १६, जोस बटलर १३, कप्तान सञ्जु सैमसन १२, यशस्वी जैसवाल १० रनमा आउट हुँदा शुभम दुबे ८ रनमा नटआउट रहे।

मुम्बईका लागि आकाश माधवालले ३ र क्वेना माफाका १ विकेट हात पारे। यो खेलसँगै तीन खेलमा तीन जित निकाल्दै राजस्थान ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ। मुम्बई भने तीन खेलमा अंकबिहीन अवस्थामा तालिकाको पुछारमा छ।

आईपिएल अन्तर्गत मंगलबार रोयल च्यालेन्जर्स बैंग्लोर र लखनउ सुपर जायन्ट बिचको खेल हुँदैछ। यो प्रतिस्पर्धा साँझ ७ : ४५ बजे सुरु हुनेछ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ५ : ५८ बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्