पाकिस्तानमा विद्यार्थीलाई शैक्षिक सामाग्रीको अभाव | Khabarhub Khabarhub

पाकिस्तानमा विद्यार्थीलाई शैक्षिक सामाग्रीको अभाव


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बलुचिस्तान– पाकिस्तानको बलुचिस्तानका  विद्यालयहरूमा पाठ्यपुस्तक लगायत स्टेसनरी शैक्षिक वर्ष सुरु भएको एक महिना बितिसक्दा पनि नपुगेपछि विद्यार्थी तथा उनीहरूका अभिभावक आक्रोशित बनेका छन् । 

‘द बलुचिस्तान पोस्ट’ले बलुच विद्यार्थी संगठनका केन्द्रीय प्रवक्तालाई उद्धृत गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विद्यालयहरूमा आवश्यक सामाग्री सहित शैक्षिक गतिविधिहरू नपुगेकोले नियमित कक्षा सञ्चालनमा कठिनाइ भएको र यसका कारण हजारौँ विद्यार्थीहरू निराश बन्नुपरेको छ ।’

‘द बलुचिस्तान पोस्ट’ले चगाई जिल्लाको बालानोस क्षेत्रका लगभग सबै बालबालिकाहरू विद्यालय पहुँच भन्दा बाहिर रहेको रिपोर्ट गरेको छ ।

एककाइसौँ शताब्दीमा विश्वले  शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरिसकेको अवस्थामा दुर्भाग्यवस बलुचिस्तानका बालबालिकाहरू शिक्षाबाट वञ्चित रहन बाध्य छन् । यो प्रयास शिक्षाको अभावमा बलुच जनतालाई सीमान्तकृत राख्न राज्य गैर जिम्मेवार बनेको प्रमाण भएको बीएसओको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

स्थानीय सञ्चारमाध्यमका अनुसार पाठ्यसामग्रीको अभाव भएपछि झाल मगसीका करिब तीन दर्जन विद्यालयहरू बन्द भएका र यसका कारण यस क्षेत्रका बालबालिकाहरू विद्यालय शिक्षाबाट वञ्चित हुनुपरेको छ ।

यसैबीच शिक्षक र अन्य कर्मचारीहरूले भने घरमै बसेर तलब पाइरहेका छन् । झाल मगसीलाई बलुचिस्तानको सबैभन्दा उपेक्षित जिल्लाहरू मध्ये गणना गरिन्छ ।  जहाँ असहाय जनता लामो समयदेखि राज्यको छायामा परि गैर-जिम्मेवारीको सिकार बनिरहेको प्रवक्ताले जनाए । 

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  १२ : ४९ बजे

जलिसकेको देउवाको घरमा सर्वसाधारण, केही भेटाउने आशमा खरानी पन्छाउँदै (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनमा आगजनी गरिएको नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री

जेन-जीलाई रास्वपा सांसद खनालको आग्रह : निषेधको राजनीतिको भ्रममा नपरौँ

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्य शिशिर खनालले

अन्तरिम सरकारको नेतृत्व दिने भए तयार छु : महावीर पुन 

काठमाडौं– राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनले आफूलाई अन्तरिम सरकारको नेतृत्व

राष्ट्रपतिको निजी निवास बिहीबार यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा आन्दोलनकारीहरूले आगजनी गरेपछि घरभित्र