‘विगतका अनुभवबाट शिक्षा लिएर अगाडि बढ्नुपर्छ’ « Khabarhub

‘विगतका अनुभवबाट शिक्षा लिएर अगाडि बढ्नुपर्छ’


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले विगतको नकारात्मक र सकारात्मक अनुभवबाट शिक्षा लिए मात्रै समाजवादको सफल कार्यान्वयन गर्न सकिने बताएका छन् । 

समाजवादी मोर्चाले आयोजना गरेको ‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उनले २०७४ को निर्वाचनपछि प्राप्त भएको जनमतलाई जोगाउन नसक्दा नेपालको वामपन्थी आन्दोलन र समाजवादी यात्रा अगाडि बढ्न नसकेको बताए ।

पूर्वप्रधानमन्त्री खनालले पछिल्ला दिनमा बनेको गठबन्धनले जनतामा नयाँ विश्वास पैदा गरेको उल्लेख गर्दै जनताको अपेक्षालाई सम्बोधन गर्ने गरी नेपाली विशेषताको समाजवादी कार्यक्रम अगाडि बढाउनुपर्ने स्पष्ट पारे ।

उनले स्वास्थ्य, शिक्षा र रोजगारी अभिवृद्धि गर्ने गरी वर्तमान सरकारले नीति तथा कार्यक्रम र बजेटमा प्रबन्ध गर्नुपर्ने र त्यसलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।

सही नीति र कार्यदिशा बनाएर वामपन्थी र समाजवादी शक्तिबीच एकता कायम गर्दै मुलुकलाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ । वामपन्थी समूहबीच सहकार्य गर्ने ठाउँमा आइपुगेको स्पष्ट पार्दै उनले संगठन र संरचना विकास गरेर जनताका बीचमा जानुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ४ : ५० बजे

ओलीको उद्घोष : पार्टीलाई एकताबद्ध गरेर निर्णायक राष्ट्रिय शक्ति बनाउँछु

काठमाडौं- नेकपा एमालेका तेस्रो कार्यकाल अध्यक्ष भएका केपी शर्मा ओली

चलचित्र ‘कुमारी’को ‘तिमी बिना’ सार्वजनिक

काठमाडौं – माघ २३ लाई प्रदर्शन मिति तोकिएको फिल्म ‘कुमारी’को

वीरेन्द्रनगरकी मेयर ढकाल दोस्रोपटक केन्द्रीय सदस्य निर्वाचित

काठमाडौं- नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट कर्णाली प्रदेशको राजधानी

रवि छुट्ने भएपछि नख्खु कारागारमा कार्यकर्ताको भीड (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतले रिहा गर्ने

शपथलगत्तै एमालेले बोलायो पहिलो केन्द्रीय कमिटी बैठक

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक