जनतालाई विश्वासमा लिएर अगाडि बढ्नुपर्छ : माधव नेपाल « Khabarhub

जनतालाई विश्वासमा लिएर अगाडि बढ्नुपर्छ : माधव नेपाल


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम र योजना तय गर्नुपर्ने बताएका छन् ।

समाजवादी मोर्चाले आयोजना गरेको ‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उनले जनतालाई विश्वासमा नलिई समाजवादी र वामपन्थी शक्ति अगाडि बढ्न नसक्ने बताए ।

कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताभित्र देखापरेको भ्रष्टिकरण, चरम व्यक्तिवादी अवसरवादको रोग देखिएको उल्लेख गर्दै समाज बदल्ने अगुवा भनिएकाहरू नै भ्रष्ट भएकामा पूर्वप्रधानमन्त्री नेपालले चिन्ता व्यक्त गरे ।

विकास र समृद्धिका लागि कुनै विषयले बाधा पुर्‍याएको खण्डमा त्यसलाई सुधार गरेर जानुपर्नेमा जोड दिँदै उनले आवश्यक परेको खण्डमा संविधान पनि संशोधन गर्नुपर्ने बताए। समय र समाजको गतिशीलतालाई बुझेर अगाडि बढ्नुपर्ने उल्लेख गर्दै पूर्वप्रधानमन्त्री नेपालले विकास, समृद्धिको यात्रालाई अगाडि बढाउनुपर्ने धारणा राखे ।

निर्वाचन प्रणालीमा देखिएको विकृतिको अन्त्य गर्नु जरुरी रहेकामा जोड दिँदै उनले आमरूपमा उठेको विषयलाई संवाद र छलफलका माध्यमबाट निष्कर्ष निकाल्नुपर्ने बताए। उनले देश र जनतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम अगाडि बढाउनैपर्ने उल्लेख गरे ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ५ : १४ बजे

भारतमा प्रदर्शनकारीमाथि प्रहरी दुर्व्यवहारको आरोप

नयाँदिल्ली- भारतमा मतदाता सूची संशोधनको विरोधमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले सांसद,

प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने

काठमाडौं– संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित चारजनाविरुद्ध उजुरी

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

सियोल– दक्षिण कोरियासँगको सीमामा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला

गृहमन्त्री गुरुङ भारत प्रस्थान (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान गरेका छन् ।  उनी

साउदी अरब र हुथीबीच तनाव बढ्दा इरानद्वारा संवादको प्रस्ताव

एजेन्सी– इरानले साउदी अरब र यमनबीच संवाद प्रक्रिया अघि बढाउन