सीमानाको यो बारले रोक्दैन बालबालिकालाई रमाउन ! « Khabarhub

सीमानाको यो बारले रोक्दैन बालबालिकालाई रमाउन !


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकामा हाल मेक्सिकोको सीमामा पर्खाल लगाउने कुरा भइरहेको छ । मेक्सिकोबाट गैरकानूनी आप्रवासीहरु आउने भएका कारण उनीहरुलाई रोक्नका लागि अमेरिकाको दक्षिणी सीमामा पर्खाल लगाउने कुरा चलेको हो ।

तैपनि दुई मुलुकको सीमामा पर्खाल निर्माण भइसकेको छैन । केही स्थानमा सामान्य बार लागेको छ जसले मेक्सिको र अमेरिकाको सीमा छुट्टयाइएको छ । यसबाट अमेरिका र मेक्सिकोका जनता एक–अर्को मुलुकमा जान सक्दैनन् ।

तर, बालबालिका र उनीहरुका अभिभावक भने यो बारमा पुगेर रमाइलाे गर्छन् ।

दुई मुलुकको सीमामा बस्ने बालबालिकालाई मध्यनजर गर्दै नयाँ उपाय अपनाइएको छ । दुई मुलुकका सीमा अभियानकर्मीहरुले सीमा क्षेत्रमा लगाइएको बारमा ढिकिच्याउँ बनाएका छन् ।


यसअनुसार बारको बिच भागमा बनाइएको ढिकिच्याउँको एकातर्फ मेक्सिकोका बालबालिका बस्ने र अर्कोतर्फ अमेरिकी बालबालिका बस्ने गरेका छन् ।

यसबाट एक मुलुकका बालबालिकाले अर्को मुलुकका बालबालिकासँग ढिकिच्याउँ खेल्ने गरेका छन् । मुलुक फरक भए पनि उनीहरुको रहर पूरा गर्ने माध्यम बनेको छ- ढिकिच्याउँ ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ६ : ०२ बजे

त्रिविकै सेवा आयोगमा गैरप्राज्ञिक व्यक्ति, प्राध्यापक संघले गर्‍यो विरोध

काठमाडौं– वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगमा

कांग्रेसका तीन नेताबीच छलफल, भोलि पनि भेटघाट हुने

काठमाडौं- नेपाली कांग्रेसका तीन नेताहरूले आज छलफल गरेका छन् ।

गोरखापत्रको महाप्रबन्धकमा रावल नियुक्त

काठमाडौं- गोरखापत्रमा संस्थानको महाप्रबन्धकमा हिक्मत रावल नियुक्त भएका छन् ।

बन्द कोठाभित्र वा चोरबाटोबाट तिकडम गरेर कोशीको बजेट सच्याउने दुष्प्रयास अस्वीकार्य : नेकपा

काठमाडौं- कोशी प्रदेश सरकारद्वारा प्रदेशसभामा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४

कर्णाली माइक्रोबस दुर्घटनाप्रति नेकपाद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं- कर्णाली राजमार्ग अन्तर्गत साङ्गेतडास्थित कर्णाली नदीमा यात्रुवाहक माइक्रो बस