कार्यविधि नहुँदा वैदेशिक रोजगारीबाट फर्किएकालाई कर्जा प्रवाह गर्न समस्या | Khabarhub Khabarhub

कार्यविधि नहुँदा वैदेशिक रोजगारीबाट फर्किएकालाई कर्जा प्रवाह गर्न समस्या


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बैंकर्स संघले सरकारले कर्जाको सुरक्षण गर्ने कार्यविधि तय नगरेकाले वैदेशिक रोजगारबाट फर्किएका नागरिकहरुलाई कर्जा प्रवाह गर्न समस्या भइरहेको स्पष्ट पारेको छ ।

संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले साँढे पाँच वर्षसम्म कर्जा सुरक्षण हुने गरी कार्यविधि तय सरकारले नगरेकै कारण वैदेशिक रोजगारबाट फर्किएका नागरिकलाई सहुलियत दरमा कर्जा प्रवाह गर्न समस्या भइरहेको बताए ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रवाह गरिएको कर्जाको असुली प्रक्रिया एक वर्ष भित्र पनि शुरु नभए नेपाल राष्ट्र बैंकमा कर्जा नोक्सान सुरक्षण दावी गर्न नमिल्ने प्रावधान अहिले पनि रहेकाले बैंकहरुले ५ वर्षसम्मका लागि वैदेशिक रोजगारबाट फर्किएका नागरिकलाई सहुलियत दरमा कर्जा उपलब्ध गराउन नसक्ने अवस्था रहेको पनि बताए ।

उनले कर्जा लिनका लागि सो कर्जालाई सदुपयोग गर्ने कार्यक्रम र ऋण तिर्ने स्पष्ट कार्ययोजना पनि बैंकमा पेश गर्न वैदेशिक रोजगारबाट फर्किएका नागरिकहरुलाई पटकपटक आग्रह गरे ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले भने कर्जा सुरक्षाको जिम्मा सरकारले लिनेभन्दै वैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई कर्जा प्रवाहमा ढिलाई नगरी दिन बैंकहरुलाई सचेत गराएका थिए । उनले सरकारले वैदेशिक रोजगारबाट फर्किएका युवाहरुको ज्ञान, अनुभव र सिपलाई सदुपयोग गरेर मुलुकलाई समृद्ध बनाउने नीति लिएको पनि स्मरण गराए ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ७ : ४६ बजे

आधा घण्टालाई रोकिएको संसद् बैठक अब बुधबार मात्रै बस्ने

काठमाडौं- विपक्षी दलको अवरोधपछि आधा घण्टाका लागि स्थगित प्रतिनिधिसभाको अब

शान्ति चाहन्छौँ, सुरक्षामा जोखिम भए कठोर जवाफ पनि दिन्छौँ : भाजपा सांसद ठाकुर

काठमाडौं– भारतीय जनता पार्टी भाजपाका सांसद अनुराग ठाकुरले भारत शान्तिप्रिय

जोशी हाइड्रोको हकप्रद शेयर जारी गर्ने पायो अनुमति 

काठमाडौं–जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने अनुमति

प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडौं– प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । आधा

इनड्राइभले काठमाडौंमा आफ्नो कार्यालय उद्घाटन गर्‍यो

काठमाडौं– नेपालको राइड–हेलिङ एप, इनड्राइभले काठमाडौंमा आफ्नो आधिकारिक कार्यालय उद्घाटन