आन्तरिक किचलोले सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीको दुईवटा ह्विप « Khabarhub

आन्तरिक किचलोले सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीको दुईवटा ह्विप


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


795
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम–  विश्वासको मत लिने तयारी गरिरहँदा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का तर्फबाट पक्ष र विपक्षमा मत दिन र नदिन छुट्टाछुट्टै निर्देशन (ह्विप) जारी गरिएको छ । 

 पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले मुख्यमन्त्री कमलबहादुर शाहले यही चैत २२ गते बिहीबार प्रदेशसभाबाट लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएकी छन् । 

पार्टीका अध्यक्षद्वारा हस्ताक्षरित पत्रमा नाउपा, सुदूरपश्चिम प्रदेश संसदीय दलको विधान केन्द्रीय कमिटीबाट पास नभएको र संसदीय दलको नेताको रुपमा घनश्याम चौधरीले काम गरे पनि प्रदेशसभाको महत्वपूर्ण निर्णयमा पार्टीको केन्द्रिय अध्यक्षलाई ह्विप लगाउने अधिकार भएकाले मुख्यमन्त्रीले लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन गरिएको उल्लेख छ ।  

अध्यक्षको पत्र सार्वजनिक भएलगत्तै सुदूरपश्चिम प्रदेशसभा, नागरिक उन्मुक्ति पार्टी, संसदीय दलका प्रमुख सचेतक खुशीराम डगौराथारुले मुख्यमन्त्रीले लिने विश्वासको मतको पक्षमा मतदान गर्न प्रदेशसभाका सदस्य आज अर्को निर्देशन (ह्विप) जारी गरेका छन् ।

प्रमुख सचेतक डगौराथारुले जारी गरेको पत्रमा यही चैत २२ गते दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले आफूमाथि विश्वासको मत छ भनी पेस गर्ने प्रस्तावको पक्षमा अनिवार्य उपस्थित भई मतदान गर्न र तटस्थ नबस्न राजनीतिक दलसम्बन्धी ऐनबमोजिम निर्देशन (ह्विप) जारी गरिएको उल्लेख छ ।

आन्तरिक किचलोले सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीको दुईवटा ह्विप

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ६ : ५० बजे

रास्वपाबाट निष्कासित भएपछि स्वर्णकारले भने- ‘मेरो राजनीतिक हत्या भयो’

बारा– राष्ट्रिय स्वतन्त्र पार्टीले बारा जिल्ला सभापति चन्दन स्वर्णकारको पार्टी

मधेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै

काठमाडौं– मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै

ऋण खोजेर सुरु गरेको तरकारीखेती बन्यो सोवितको पहिचान

म्याग्दी– तीस वर्षअघि साथमा रु एक सय नभएर तरकारीको बीउ

लुम्बिनी प्रदेशसभा : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा आजदेखि सरकारको विनियोजन विधेयक २०८३ का सिद्धान्त

छुसाङ–पाताङ्ग्या पदमार्ग स्तरोन्नति

मुस्ताङ– छुसाङ–पाताङ्ग्या पदमार्ग स्तरोन्नति गरिँदैछ । उपल्लो मुस्ताङ भ्रमण गर्न