अरुण तेस्रो आयोजनामा देखिएका समस्या समाधान गर्न अर्थमन्त्रीको निर्देशन « Khabarhub

अरुण तेस्रो आयोजनामा देखिएका समस्या समाधान गर्न अर्थमन्त्रीको निर्देशन


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री एवम् लगानी बोर्डका उपाध्यक्ष वर्षमान पुनले अरुण–३ जलविद्युत् आयोजना निर्माणका क्रममा देखिएका समस्या समाधानका लागि सहजीकरण गर्न र आयोजनाको काम तीव्रताका साथ अगाडि बढाउन निर्देशन दिएका छन् ।

लगानी बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार मङ्गलबार बसेको अनुगमन तथा सहजीकरण समितिको ११औँ बैठकपछि अर्थमन्त्री पुनले यस्तो निर्देशन दिएका हुन्  ।

 अरुण तेस्रो जलविद्युत् परियोजनाको विकासकर्ता कम्पनी एसजेभिएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी लिमिटेडबाट माग भएको मूल्य समायोजनअनुसारको रकम सटही एवं स्थानान्तरण, परियोजनाको ड्याम साइट पहुँचमार्गका रूपमा प्रयोग भैरहेको कोशी राजमार्गको खाँदबारी–दोभान सडकखण्ड स्तरोन्नतिसम्बन्धी विषय र छ्याङ्कुटीदेखि दिदिङसम्मको परियोजनाको पावर हाउस प्रवेशमार्गको मुआब्जाको समस्या समाधानका लागि पहल थाल्न अर्थमन्त्री पुनले निर्देशन दिए। 

साथै होङ्सी शिवम् सिमेन्टको पहुँच सडक स्तरोन्नतिसम्बन्धमा आवश्यक प्रक्रिया थाल्न तथा सम्बन्धित निकायबाट बजेट प्रस्ताव गरी व्यवस्थापन गर्न अर्थमन्त्री पुनले निर्देशन दिए ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ९ : २१ बजे

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसान सूचीकरण गर्ने

काठमाडौँ– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पाँच महिनापछि किसानलाई पुनः

भलिबलको एउटै टिममा परिचारका चार सदस्य

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–३ फलियागाउँको एउटा भलिबल टिममा एकै घरका

पीएसएल : दीपेन्द्रको टिम इस्लामावाद युनाइटेडको लगातार दोस्रो जित

लाहोर- समीर मिन्हासको विष्फोटक ब्याटिङको मद्दतले इस्लामावाद युनाइटेडले पाकिस्तान सुपर

फोहर प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा

सुर्खेत– सुर्खेतको भेरीगङ्गा नगरपालिका–१२ मा फोहर प्रशोधन केन्द्र स्थापनाको काम

सूर्यविनायकमा क्यूआर कोडसहित घर नम्बर जडान अभियान सुरु

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले नगर क्षेत्रका सबै घरमा डिजिटल घर