शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा : दिल्ली १०६ रनले पराजित « Khabarhub

शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा : दिल्ली १०६ रनले पराजित


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


837
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोलकाता नाइट राइडर्स बुधबार रातिको खेलमा दिल्ली क्यापिटलमाथि १०६ रनको शानदार जित निकाल्दै इन्डियन प्रिमियर लिग (आईपिएल)को शीर्ष स्थानमा उक्लिएको छ।

टस जितेर सुरुमा ब्याटिङ गरेको कोलकाताले दिल्लीलाई २७३ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा दिल्ली कमजोर सावित भयो। उसले १७.२ बलमा सबै विकेट गुमाएर १६६ रन मात्र बनाउन सक्यो।

वीडीसीए क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २७२ बनाएको थियो।

कोलकाताका लागि सुनील नारायणले सर्वाधिक ८५ रन बनाए। ३९ बल खेलेका उनले ७ चौका र ७ छक्का प्रहार गरे। अंगकृष रघवंशीले २७ बलमा ५ चौका र ३ छक्कासहित ५४ रन बनाए।

सुनील नारायण

आन्द्रे रसेल १९ बलमा ४१, रिन्कु सिंह ८ बलमा २६ रनमा आउट हुँदा फिल साल्ट र श्रेयस आय्यरले १८–१८ रन बनाए। वेंकटेश अय्यर ५ र मिचेल स्टार्क १ रनमा नटआउट रहे।

दिल्लीका अनरिख नार्खिऐले सर्वाधिक ३ विकेट लिए। इशान्त शर्माको नाममा २ विकेट रहँदा खलील अहमद र मिचेल मार्शले १–१ विकेट लिएका थिए।

२७३ रनको विशाल लक्ष्य पाएको दिल्लीका लागि कप्तान ऋषभ पन्त र ट्रिस्टन स्टब्सबाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन्। पन्त र स्टब्सले अर्धशतक प्रहार गरे। पन्तले २५ बलमा ५५ रन बनाए भने स्टब्सले ३२ बल खेल्दै ५४ रन जोडे। दिल्लीका ओपनर डेबिड वानर १८ र पृथ्वी शा १० रनमा आउट भए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

दिल्लीको ब्याटिङ लाइनलाई सामान्य स्कोरमा समेट्न कोलकाताका वैभव अरोरा र वरुण चक्रवर्तीले ३–३ विकेट हात पारे । मिचेल स्टार्कले २ विकेट लिँदा सुनिल नारायण र आन्द्रे रसेलले ११ विकेट लिए।

आन्द्रे रसेल

यो जितसँगै कोलकाता तीन खेलमा ३ जित निकाल्दै आईपिएलको शीर्ष स्थानमा पुगेको छ। चार खेल खेलेको दिल्ली २ अंकसहित नवौं स्थानमा छ।

बिहीबार आईपिएल अन्तर्गत गुजरात टाइटन्स र पञ्जाब किंग्सको खेल हुँदैछ। यो खेल साँझ ७:४५ बजे सुरु हुनेछ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  ६ : ०९ बजे

भरतपुर विमानस्थलमा इन्धन ‘रिफिलिङ’ सेवा सुरु

चितवन– चितवनको भरतपुर विमानस्थलमा इन्धन सेवा सुरु भएको छ ।

विश्वपमा आज तीन खेल : पहिलो खेलमा वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दै इटाली

काठमाडौं – आईसीसी टी–२० विश्वकपमा आज तीन खेल हुँदैछन्। पहिलो

लोकतन्त्र सुदृढीकरणका लागि संसद महत्त्वपूर्ण संस्था हो : राष्ट्रियसभा अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले लोकतान्त्रिक मूल्यहरूको रक्षा, सुदृढीकरण तथा

उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज प्रजातन्त्र दिवसको सार्वजनिक बिदा

काठमाडौं – आज ७६औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा