कांग्रेसलाई उम्मेदवार छान्न सकस, आज पनि बैठक बस्दै « Khabarhub

कांग्रेसलाई उम्मेदवार छान्न सकस, आज पनि बैठक बस्दै


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी वैशाख १५ गते इलाम–२ र बझाङ प्रदेशसभा १ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन आज पनि नेपाली कांग्रेसको बैठक बस्दैछ ।

कांग्रेस संसदीय बोर्डको बैठक बिहान ९ बजे र केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।

उम्मेदवारको टुंगो लगाउन मंगलबार र बुधबार बसेको बैठक निष्कर्षविहीन भएपछि बैठक आज पनि बस्न लागेको हो ।

उम्मेदवारको विषयलाई लिएर संस्थापन र इतरपक्ष आ–आफ्नै अडानमा रहँदा नेपाली कांग्रेसले उम्मेदवारको चयन गर्न सकेको छैन ।

सभापति शेरबहादुर देउवा डम्बर खड्कालाई इलाम–२ को उम्मेदवार बनाउनु पर्ने पक्षमा छन् भने शेखर कोइराला–गगन थापा लगायत इतरपक्ष भेषराज आचार्यलाई टिकट दिनुपर्ने अडानमा छन् ।  

 

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  ७ : ३५ बजे

अस्पतालको बेडबाट गायिकाको याचना : उपचारका लागि पैसा छैन, ऋण फिर्ता दिनुहोस्

काठमाडौं- लोक गायिका कोपिला गौतमले मंगलबार एक तस्बिर सेयर गरिन्,

युक्रेनमा रूसी आक्रमण तीन जनाको मृत्यु, २४ घाइते

एजेन्सी– युक्रेनको जापोरिजिया क्षेत्रमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु

युक्रेनको सैन्य नेतृत्वमा व्यापक फेरबदल, युद्ध रणनीतिमा सुधारको संकेत

एजेन्सी– रुसविरुद्धको युद्धलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित युक्रेनले आफ्नो सैन्य

गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न सरकारले बनायो समिति

काठमाडौं– सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणमा

बीपीकै नाममा रोपियो कांग्रेसमा फुटको बिउ : गगनलाई गाली गर्दै इतर पक्षीय नेताहरूले उठाए नयाँ पार्टीको बहस

काठमाडौं- जननायक बीपी कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसभित्रको आन्तरिक