तुलसी घिमिरेलगायत पाँचजनालाई बिसे नगर्ची राष्ट्रिय सम्मान « Khabarhub

तुलसी घिमिरेलगायत पाँचजनालाई बिसे नगर्ची राष्ट्रिय सम्मान


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

झापा– ‘बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान २०८०’ बाट  पाँच जनालाई सम्मान गरिएको छ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहका आर्थिक सल्लाहकार ठानिएका बिसे नगर्चीको योगदानलाई स्मरण उक्त सम्मान गरिएको हो ।

बिर्तामोडमा हिजो गोर्खा फाउण्डेसनद्वारा आयोजित कार्यक्रममा राष्ट्रियसभा सदस्य गोपालकुमार बस्नेतले वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरे, नायक राजेश हमाल, प्रमुख जिल्ला अधिकारी सीता परियार, सहकारी अभियन्ता महेन्द्र गिरी र भुवनसिंह विश्वकर्मालाई जनही ५१ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो ।

देशको सबैभन्दा ठूलो सहकारीको नेतृत्व गरेका गिरीले कोभिड महामारीका बेला स्थानीयस्तरमा गरेको योगदान, अभिनेता हमालले एक सय ७० भन्दा बढी चलचित्रमा अभिनय गरेर कला, संस्कृति प्रवर्द्धनका निम्ति भूमिका निर्वाह गरेको, भारतमा जन्मेर स्तरीय नेपाली सिनेमा निर्देशन गरी दर्शकको मन जित्न सफल घिमिरेको कामको कदर गर्दै सम्मान गरिएको फाउण्डेसनका अध्यक्ष बिरु दर्नालले बताए ।

अन्टार्टिकामा पहिलो पाइला राख्ने नेपालका ७१ वर्षीय विश्वकर्मा र दलित समुदायबाट पहिलो महिला प्रमुख जिल्ला अधिकारी बन्नुभएकी परियारलाई राष्ट्रले सम्मान गर्नुपर्नेमा जोड दिँदै उनले राष्ट्रिय परिचय बनाएका व्यक्तिको आदर गर्नु सबैको कर्तव्य रहेको बताए ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  १० : १७ बजे

मेघालय कोइलाखानी विस्फोट : खोटाङका तीनजनाको मृत्यु, एक जना बेपत्ता

खोटाङ– भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटको घटनामा खोटाङका तीन युवकले

नवलपरासीको अग्यौलीमा तीन मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु, दुई घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को अग्यौलीमा तीन मोटरसाइकल एकआपसमा ठोक्किँदा एक

कैफियत देखिएपछि जरिवाना

काठमाडौं– नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा

ज्येष्ठ नागरिकसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनमा जोड

गण्डकी– जिल्ला समन्वय समिति, कास्कीद्वारा आइतबार पोखरामा आयोजित ज्येष्ठ नागरिकसम्बन्धी

कोरला नाकाबाट भित्रिएको अवैध सामान बरामद

मुस्ताङ– माथिल्लो मुस्ताङस्थित कोरला नाकाबाट भित्रिएको अवैध सामान बरामद गरिएको