पाकिस्तानलाई कूटनीतिक कदम पुनर्विचार गर्न भारतको आह्वान « Khabarhub

पाकिस्तानलाई कूटनीतिक कदम पुनर्विचार गर्न भारतको आह्वान


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतले पाकिस्तानलाई आफ्नो निर्णय पुनर्विचार गर्न आह्वान गरेको छ ।

जम्मू कश्मीरको सम्बन्धमा भारतले चालेको कदमको विरोधमा पाकिस्तानले भारतसँग कूटनीतिक दर्जा घटाएपछि भारतले यस्तो आह्वान गरेको हो ।

भारतीय विदेशमन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै पाकिस्तानले बुधबार गरेको निर्णय दूर्भाग्यपूर्ण भएको भन्दै यसबारे पुनर्विचार गर्न आह्वान गरेको छ ।

भारतीय विदेशमन्त्रालयले दुई मुलुकबीचको कूटनीतिक सम्बन्धलाई सामान्य बनाउनसमेत पाकिस्तानसमक्ष आग्रह गरेको छ ।

यसअघि भारतीय विदेशमन्त्रालयले जम्मू कश्मीरको विषय आफ्नो मुलुकको आन्तरिक मामिला भएको र यसबारे अन्य मुलुकले टाउको दुखाउनु नपर्ने टिप्पणी गरेको थियो ।

भारतले कश्मीरको विशेष राज्यको मान्यता खारेज गरी राज्यलाई दुई केन्द्र शासित प्रदेशमा पुनर्गठन गर्ने निर्णयको विरोधमा पाकिस्तानले बुधबार भारतसँगको कूटनीतिक दर्जा घटाउने तथा आफ्नो मुलुकमा रहेका भारतीय कूटनीतिज्ञलाई देश निकाला गर्ने घोषणा गरेको थियो ।

त्यस्तै पाकिस्तानले दुई मुलुकबीचको द्विपक्षीय व्यापारमा प्रतिबन्ध लगाउने तथा द्विपक्षीय सम्झौता पुनर्विचार गर्ने समेत निर्णय गरेको थियो ।

दुबै मुलुकले कश्मीरको सार्वभौमिकता दाबी गर्दै आएका छन् । कश्मीरको विषयलाई लिएर दुई मुलुकबीच दुई पटकसम्म युद्ध भइसकेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ८ : १३ बजे

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर- युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति जनाएको

विश्वकपपछि मैदान फर्किए लियोनेल मेसी

मियामी – विश्वकप फुटबलको व्यस्ततापछि लियोनेल मेसी मैदान फर्किएका छन्

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन– संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी मुलुकहरू

‘ब्रड पिक’ हिमपहिरो नेपालको पर्वतारोहणको इतिहासको दुःखद अन्त्य : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पाकिस्तानको ‘ब्रड पिक’मा हिमपहिरोमा परी

कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन कार्यशाला गोष्ठी

कञ्चनपुर– सुदूरपश्चिम विश्वविद्यालयले विश्वविद्यालय तथा अन्तर्गतका सबै क्याम्पसहरूको प्रशासनिक क्षमता