एकीकृत समाजवादीको ४१ सदस्यीय प्रदेश कमिटी गठन « Khabarhub

एकीकृत समाजवादीको ४१ सदस्यीय प्रदेश कमिटी गठन


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला सङ्घ (समाजवादी) ले आसन्न १० औँ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा कमिटी निर्माणका साथसाथै सदस्यता विस्तार अभियानलाई देशभर सञ्चालन गरेको छ ।

पार्टी मातहतका सबै कमिटीलाई लोकतान्त्रिक पद्धतिबाट अनुमोदित गराएर नेतृत्वलाई थप जिम्मेवार बनाउन सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश र केन्द्रसम्मको कमिटी निर्माणलाई तीव्रता दिइएको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।

महाधिवेशन केन्द्रित अभियान देशभर सञ्चालन गरेको पार्टीले सदस्यता विस्तार, सङ्गठन निर्माण, भेला प्रशिक्षणलगायत गतिविधि सञ्चालन गर्दै आएको छ ।

पार्टीको विधानअनुसार तल्लो तहदेखि माथिल्लो तहसम्म निर्वाचित भएर आउनुपर्ने व्यवस्था भएकाले साङ्गठनिक गतिविधि बढेको उनले जानकारी दिए ।

पार्टी मातहतका कमिटीका अधिवेशन भइरहेका छन् । बागमती प्रदेशका पाँच जिल्लामा अधिवेशन सम्पन्न भएका छन् । पार्टीको महाधिवेशन आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा हुँदैछ ।

यसैबीच, लुम्बिनी प्रदेश कमिटीले लक्ष्मी भुसालको नेतृत्वमा ४१ सदस्यीय प्रदेश कमिटी गठन गरेको छ । सङ्गठनको उपाध्यक्षमा मञ्जु कोइराला र समती चौधरी, सचिवमा विष्णुमाया थापा मगर, उपसचिवमा सरस्वती पोखरेल र कोषाध्यक्षमा पुष्पा भाटलाई चयन गरेको पार्टी सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  ११ : ५१ बजे

भारी वर्षाको कारण जलमग्न सहभागिता मार्ग (तस्बिरहरू)

काठमाडौं– भारी वर्षाको कारण काठमाडौं महानगरपालिका १० सहभागिता मार्ग जलमग्न

सरकारको नयाँ सिस्टमले हैरान युवा, सातादेखि भर्न पाएनन् राहदानीको आवेदन फारम

काठमाडौं- सरकारले नयाँ आर्थिक वर्षसँगै लागु गरेको नयाँ प्रणालीका कारण

जिटुजीमार्फत् खरिद गरेको रासायनिक मल विराटनगरमा

विराटनगर– सरकारले जिटुजीमार्फत् खरिद गरेको रासायनीक मल विराटनगर आउन शुरु

पछिल्लो पाँच वर्षमा सर्वाधिक मुद्दा फैसला गर्ने उच्चका न्यायाधीशमा नरिश्वर पहिलो

काठमाडौं- पछिल्लो पाँच आर्थिक वर्षमा सर्वाधिक मुद्दा फैसला गर्ने उच्च

ककरोच जनता पार्टीसँग भारत सरकारले माग्यो शनिबारसम्मको समय

काठमाडौं- भारतीय सत्तापक्ष र ककरोच जनता पार्टीका प्रतिनिधिहरूबीच दिल्लीस्थित कन्स्टिट्युसन