नेपाल टेलिकम र सर्वोच्चबीच अदालतमा दूरसञ्चार सेवाका लागि सम्झौता « Khabarhub

नेपाल टेलिकम र सर्वोच्चबीच अदालतमा दूरसञ्चार सेवाका लागि सम्झौता


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकम र सर्वोच्च अदालतबीच अदालतहरूमा विविध दूरसञ्चारका सेवाहरू उपलब्ध गराउने सम्झौता भएको छ ।

बुधबार भएको सम्झौतामा टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र सर्वोच्चका तर्फबाट सह–रजिस्ट्रार हरिराज कार्कीले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार टेलिकमले सम्झौता पत्रमा तोकिएका विभिन्न उच्च अदालत तथा जिल्ला अदालतहरूमा डेडिकेटेड इन्टरनेट र डेडिकेटेड इन्ट्रानेट सेवाका साथै एफटीटीएच सेवा तथा एसएमएस अलर्ट सर्भिस र पुल एसएमएस उपलब्ध गराउने टेलिकमका प्रवक्ता हरि ढकालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

हाल यो सेवा  सम्पूर्ण उच्च अदालत तथा उच्च अदालत अन्तर्गतका इजलासहरू र विभिन्न जिल्ला अदालतमा उपलब्ध हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  १२ : ०३ बजे

काठमाडौंमा सुरु भयो ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौँले प्रहरी र समुदायबीचको सम्बन्धलाई

निर्वाचन ६६ दिन बाँकी : उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार

आज २०८२ साल पुस १४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार