नेपाल टेलिकम र सर्वोच्चबीच अदालतमा दूरसञ्चार सेवाका लागि सम्झौता « Khabarhub

नेपाल टेलिकम र सर्वोच्चबीच अदालतमा दूरसञ्चार सेवाका लागि सम्झौता


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकम र सर्वोच्च अदालतबीच अदालतहरूमा विविध दूरसञ्चारका सेवाहरू उपलब्ध गराउने सम्झौता भएको छ ।

बुधबार भएको सम्झौतामा टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र सर्वोच्चका तर्फबाट सह–रजिस्ट्रार हरिराज कार्कीले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार टेलिकमले सम्झौता पत्रमा तोकिएका विभिन्न उच्च अदालत तथा जिल्ला अदालतहरूमा डेडिकेटेड इन्टरनेट र डेडिकेटेड इन्ट्रानेट सेवाका साथै एफटीटीएच सेवा तथा एसएमएस अलर्ट सर्भिस र पुल एसएमएस उपलब्ध गराउने टेलिकमका प्रवक्ता हरि ढकालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

हाल यो सेवा  सम्पूर्ण उच्च अदालत तथा उच्च अदालत अन्तर्गतका इजलासहरू र विभिन्न जिल्ला अदालतमा उपलब्ध हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  १२ : ०३ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५